birat ribon

भारतमा ट्रकले किच्दा १५ जना मजदुरको मृत्यु

Neuro
भारतमा ट्रकले किच्दा १५ जना मजदुरको मृत्यु

विराटनगर । भारतमा ट्रकले किच्दा सोमबारराति १५ जना मजदुरको मृत्यु भएको छ । १३ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा ज्यान गएको हो ।

cura insider

भारतीय सञ्चार माध्यमकाअनुसार यो घटना भारत गुजरातस्थित सुरतभन्ने ठाउँको हो । ट्रक उखु लोड गरेको अर्को ट्याक्टरसँग ठोक्किँदा नियन्त्रण गुमाएर दुर्घटनामा परेको भारतीय प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका मजदुरहरु सडकमा सुतिरहेका थिए । त्यतिबेला उनीहरुलाई ट्रकले किचेर मारेको हो ।

दुर्घटनामा परेर सात जना घाइते भएको जनाइएको छ । उनीहरुको अवस्था गम्भीर रहेको त्यहाँको प्रहरीलाई उद्रित गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । ट्रकको ठक्करबाट सडक किनारका केही पसलका सटर पनि भत्किएका छन् ।

jackson ribon