birat ribon

विराटनगर आउँदै गरेको कलेज बस दुर्घटना हुँदा पाँच विद्यार्थी घाइते

Neuro
विराटनगर आउँदै गरेको कलेज बस दुर्घटना हुँदा पाँच विद्यार्थी घाइते

विराटनगर । मोरङको सुनवर्षीबाट विद्यार्थी लिएर आउँदै गरेको एउटा कलेज बस मंगलबार बिहान दुर्घटनामा परेको छ ।

मेरिल्याण्ड कलेज विराटनगरको बा २ ख ४५८ नम्बरको बस सुनवर्सी नगरपालिका – ९ स्थित भेडुवाथानमा दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते भएका छन् । दुर्घटनामा बसमा रहेका विद्यार्थीहरु रतुवामाई नगरपालिका– ३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धा भट्टराई, मनिषा राजवंशी, निशा ताजपुरीया र विशालकुमार मण्डल घाइते भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए ।

cura insider

घाइते विद्यार्थीलाई उपचारका लागि विराटनगर ल्याइएको छ । उक्त बस डाइनियातिरबाट विद्यार्थी बोकेर आउँदै थियो । बाक्लो हुस्सुका कारण अगाडि राम्ररी देख्न सक्ने अवस्था नहुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ । त्यही क्रममा अचानक अगाडि आएको एउटा मोटरसाइकललाई बचाउने हुँदा बस सडकबाट पल्टिएको बताइएको छ ।

बस र चालक रतुवामाई नगरपालिका – ६ का ३१ वर्षीय धर्मेन्द्र बर्मालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको खड्काले बताए । उनकाअनुसार दुर्घटनामा परेर घाइते भएका विद्यार्थीको अवस्था सामान्य छ ।

jackson ribon