birat ribon

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा तीन जना सिफारिस

Neuro
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा तीन जना सिफारिस

विराटनगर । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ ।

cura insider

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले झण्डै चार दर्जन आकांक्षीका बीचबाट तीन जनाको नाम सिफारिस गरेको हो । सिफारिसमा पर्नेमा डा. रामकण्ठ माकाजु, केयूकै पूर्वरजिष्ट्रार डा. भोला थापा र शिक्षा विभागका बालचन्द्र लुइँटेलको नाम छनोट गरेको हो । उपकुलपतिका लागि ४४ जनाले अकांक्षा देखाउँदै शिक्षा मन्त्रालयमा निवेदन दिएका थिए ।

छनोटमा पर्नेमध्ये माकाजु तेस्रो कार्यकालका लागि आकांक्षी देखिएका हुन् । उनले यसअघि लगातार दुई कार्यकाल पूरा गरिसकेका छन् । आठ वर्षे कार्यकालमा माकाजु विवादित बनेको भन्दै केयूमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले एउटै व्यक्तिलाई पटक–पटक नेतृत्व नसुम्पिन दबाबमुलक कार्यक्रम गर्दै आएको छ । उनको पछिल्लो कार्यकाल यहि माघ १० गते सकिने छ ।

सर्च कमिटीले छनोटमा परेका तीनवटै नाम अब विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाउने छ । सिफारिस भएर आएका नाममध्ये एक जनालाई चार वर्षे कार्यकालका लागि ओलीले उपकुलपति छनोट गर्नसक्ने छन् ।

केयूको ८८ औं सिनेट बैठकले उपकुलपति छनोट गर्न सहकुलपतिसमेत रहेका शिक्षामन्त्री श्रेष्ठको नेतृत्वमा सर्च कमिटी गठन गरेको थियो । सर्च कमिटीमा केयूको बोर्ड अफ ट्रष्टीका प्रमुख दमननाथ ढुंगाना र केयूका पूर्व उपकुलपति सुरेशराज शर्मा सदस्य छन् । ढुंगाना र शर्मा माकाजुलाई तेस्रो कार्यकाल पनि उपकुलपति बनाउनुपर्ने पक्षमा उभिएका छन् ।

माकाजुले ढुंगानालाई बोर्ड अफ ट्रष्टीमा राख्ने र ढुंगानाले माकाजुलाई नै उपकुलपति नियुक्तिमा सिफारिस गर्ने श्रृंखला वर्षौंदेखि चल्दै आएको । यसको चौतर्फी विरोध भइरहेको छ ।

jackson ribon