birat ribon

अण्डाको सेता भाग रक्तचापका बिरामीलाई फाइदाजनक

Neuro
अण्डाको सेता भाग रक्तचापका बिरामीलाई फाइदाजनक

विराटनगर । अण्डाको सेता भाग रक्तचापका बिरामीलाई फाइदाजनक रहेको एउटा अनुसन्धानले देखाएको छ ।

cura insider

दैनिक अण्डा खाँदा तौल बढ्छ भन्ने पिरलो पनि छँदैछ । तर त्यो पिरलोसँगै अण्डामा एउटा राम्रो औषधिय गुण पनि रहेको पत्ता लागेको हो । जुन अनुसन्धानले अण्डा प्रयोगकर्ता रक्तचापका बिरामीका लागि खुशीको खवर ल्याएको छ । स्वास्थ्यका लागि हानिकारक सम्झने गरिएको अण्डा नै अब मानिसका लागि औषधि सावित भएको अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार अण्डाको सेतो भागमा कुनै नकारात्मक असर हुँदैन । बरु रक्तचाप घटाउने क्षमता हुन्छ। यो कुरा अमेरिकी वैज्ञानिकहरुद्वारा गरिएको एक अध्ययनले पत्ता लगाएको हो ।

विश्वको सबैभन्दा ठूलो बैज्ञानिक सोसाइटी अमेरिकी केमिकल सोसाइटी (एसिएस) को २४५ औँ राष्ट्रिय बैठक तथा प्रदर्शनीको एक हिस्साको रुपमा यस अध्ययनलाई लिइएको थियो । अध्ययन दलका अगुवा तथा जिलिन विश्वविद्यालयका पीएचडी होल्डर झिपेंग यूकाअनुसार अण्डा विश्वसनीय र खान योग्य एउटा अर्को कारण पनि रहेको निस्कर्ष निकालिएको छ ।

अण्डाको पहेँलो भागमा कोलस्ट्रोल हुन्छ भनेर पहेँलो भाग खान नचाहनेहरुका बीचमा सेतो भाग पहिलेदेखि नै लोकप्रिय छ । अहिले आएर यसले रक्तचापलाईसमेत नियन्त्रणमा राख्ने कुरा अनुसन्धानकर्ताले पत्ता लगाएका छन् ।

jackson ribon