birat ribon

क्यालिफोर्नियामा मोडर्ना भ्याक्सिन प्रतिबन्धित

Neuro
क्यालिफोर्नियामा मोडर्ना भ्याक्सिन प्रतिबन्धित

विराटनगर । कोरोना भाइरसविरुद्ध प्रभावकारी हुने अपेक्षा गरिएको मोडर्ना भ्याक्सिनलाई अमेरिकाको क्यालिफोर्नीयामा प्रतिबन्ध लगाइएको छ ।

भ्याक्सिनले स्वास्थ्य सम्बन्धी अरुनै समस्या निम्त्याउने जोखिम बढेकोभन्दै त्यसलाई प्रयोगमा रोक लगाइएको हो । कोरोनाका कारण सङ्क्रमित बनेकालाई अमेरिकामा यो भ्याक्सिन दिन थालिएको थियो । तर कोरोना निको हुनुको साटो अरु नै समस्या सर्वसाधारणमा थपिएको पाइएपछि यसलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।

cura insider

भ्याक्सिन लगाएपछि एलर्जी देखिएकोभन्दै अमेरिकी राज्य क्यालिफोर्नीयामा मोडर्नाको भ्याक्सिनमाथि रोक लगाउनु परेको अधिकारीहरुले बताएका छन् । राज्यकी छाला रोग विशेषज्ञ डा. एरिका पानले सामान्यभन्दा बढी व्यक्तिमा साइड इफेक्ट देखिएको उल्लेख गरिन् ।

उनका अनुसार यो समस्या मोडर्ना भ्याक्सिनको एउटा लटमा देखिएको हो । यसलाई एक सामुदायिक खोप केन्द्रमा दिइएको थियो । यो भ्याक्सिन लगाएपछि १० जनालाई ज्वरो आयो । उनीहरुलाई २४ घण्टाका लागि डाक्टरको निगरानीमा राख्नुपर्यो । सार्वजनिक स्वास्थ्य विभागका अनुसार यो लटका तीन लाख ३० हजारभन्दा बढी डोज पूरा राज्यका दुई सय ८७ स्वास्थ्य सेवा प्रदायकलाई दिइएको छ ।

भारतको भरमा भुटान

यसैबीच भूटानका प्रधानमन्त्री लोटे शेरिङ्गले भारतले आफ्नो देशमा निःशुल्क अक्सफोर्ड–एस्ट्राजेनेकाको भ्याक्सिन कोभिशिल्ड उपलब्ध गराउने तयारी गरिरहेको दाबी गरेका छन् । भारतले भुटानसँगको पुरानो सम्बन्धलाई महत्व दिँदै खोप उपलब्ध गराउन लागेको जानकारी उनले दिए । उनका अनुसार भारतले सहयोग गरेपछि भ्याक्सिन खरिद गर्दा ५० लाख अमेरिकी डलर खर्च गर्नुपर्ने स्थितिको अन्त्य हुने छ । त्यही भएर भूटानले खोपका लागि भारतको भर पर्नुपर्ने अवस्था आएको हो ।

भूटान सरकारले भारत सरकारलाई भ्याक्सिनको आवश्यकता परेका जनसंख्याबारे जानकारी दिइसकेको शेरिङ्गले बताएका छन् । उनी भन्छन्, ‘उहाँहरुले पनि हाम्रो आवश्यकता बुझिरहनुभएको छ । देशमा यो भ्याक्सिन निःशुल्क प्रदान गरिनेछ ।’ नेपालले पनि गत हप्ता कोभिशिल्ड भ्याक्सिनको आपतकालीन प्रयोगलाई मञ्जुरी दिएको छ । यो भ्याक्सिन सिरम इन्स्टिच्युट अफ इन्डियाले बनाइरहेको छ ।

jackson ribon