birat ribon

पहाडमा बदली, तराईमा हुस्सु

Neuro
पहाडमा बदली, तराईमा हुस्सु

विराटनगर । मौसममा केही परिवर्तन भएर आज (मंगलबार) मुलुकका पहाडी जिल्लामा केही बदली हुने र तराईका जिल्लामा बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको अनुमान गरिएको छ ।

cura insider

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार तराईका भूभागहरूमा बाक्लो हुस्सु लाग्ने सम्भावना छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको ।

उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण पहाडमा मौसम बदली हुने अवस्था आएको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । साथै यी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

jackson ribon