birat ribon

खोपको असमान वितरणमा डब्ल्युएचओको चासो

Neuro
खोपको असमान वितरणमा डब्ल्युएचओको चासो

विराटनगर । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले कोरोनाविरुद्धको खोपको असमान वितरणका सम्बन्धमा चासो व्यक्त गरेको छ ।

cura insider

विभिन्न शत्तिसाली मुलुकहरु खोपको असमान वितरणतर्फ केन्द्रीत भएकोभन्दै उसले चिन्ता व्यक्त गरेको हो । जसका कारण विश्व नैतिक असफलताको नजिक रहेको चेतावनी डब्ल्यूएचओले दिएको छ ।

डब्ल्युएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रियससले धनी र पहुँच भएका देशका नागरिकले मात्रै खोपमा पहुँच पाउने अवस्थाले थप विपत्ति निम्त्याउने बताएका छन् । उनले गरिब देशका पाको उमेर तथा जोखिम वर्गका मानिसभन्दा धनी देशका युवाहरुले पहिले खोप पाउनु उचित नहुने तर्क राखेको बीबीसीले जनाएको छ ।

अहिलेसम्म विश्वमा तीन करोड ९० लाख डोज खाप दिएको र त्यो ४९ वटा धनी देशका मानिसले पाएको उनको भनाइ छ । यसबाट थप चुनौती आउने र कोरोना नियन्त्रण प्रभावकारी नबन्नेभन्दै गेब्रियससले थप चुनौतीको समाना गर्नुपर्ने अवस्था आउनसक्ने चेतनावी दिएका छन् ।

अहिलेसम्म चीन, भारत, रुस, बेलायत र अमेरिकाले कोरोनाविरुद्धको खोप विकास गरिरहेका छन् । यी सबै देशहरुले आफ्नो देशका नागरिकलाई प्राथमिकतामा राखेका छन् । कोरोनाविरुद्धको खोप वितरणमा विश्व विनाशकारी नैतिक असफलताको नजिक रहेको र यसको मूल्य तत्काल गरिब देशले चुकाउनुपर्ने भन्दै डब्ल्युएचओले यस्तो अवस्थामा खोपको मूल्य बढ्ने, महामारी झन् बढ्ने र प्रतिबन्धहरुमा कारण आर्थिक समस्या डरलाग्दो हुने चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले विश्वमा खोपको बाँडफाँड गर्न यसअघि नै कोभ्याक्स कार्यक्रमका लागि प्रतिबद्धता आह्वान गरेको छ । जुन कार्यक्रम अर्को महिना सुरु हुनेछ । डब्ल्यूएचओले आउँदो अप्रिल ७ तारिखमा विश्व स्वास्थ्य दिवस मनाउँदा सबै देशहरुमा खोप अभियान सुरु भएको हुने अपेक्षा गरेको छ । तर महामारी र खोपको असमानताका कारण अवस्था चुनौतीपूर्ण हुन सक्ने प्रमुख गेब्रियससले बताएका छन् ।

jackson ribon