birat ribon

इब्राहिमोभिक नायक बन्दा मिलानलाई तीन अङ्कको अग्रता

Neuro
इब्राहिमोभिक नायक बन्दा मिलानलाई तीन अङ्कको अग्रता

विराटनगर / इटालियन सिरी ‘ए’मा एसी मिलानले क्याग्लीआरीमाथि जित निकालेको छ । सोमबार मिलानले क्याग्लीआरीलाई उसैको मैदानमा २–० गोलले हराउँदा ज्लाटान इब्राहिमोभिक नायक बने ।

इब्राहिमोभिकले खेलको सातौं मिनेटमा पेनाल्टीमा गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए । इब्राहिमोभिकले ५२औं मिनेटमा दोस्रो गोल गर्दै मिलानको अग्रता दोब्बर बनाए ।

cura insider
Image

७४औं मिनेटमा मिलान दस खेलाडीमा सीमित भएको थियो । एलेक्सिस साइलेमेकर्सले रातो कार्ड पाउँदै मैदान छोडेका थिए । र, बाँकी समय गोल हुन नसक्दा मिलान २-० गोल्विले विजयी भयो ।

जितसँगै मिलानले अङ्क तालिकामा तीन अङ्कको अग्रता बनाएको छ । शीर्ष स्थानको मिलानले १८ खेलमा ४३ अङ्क बनाएको छ । समान खेल खेलेको इन्टर मिलान ४० अङ्कसहित दोस्रो स्थानमा छ ।

पराजित क्याग्लीआरी भने १४ अङ्कसहित १७औं स्थानमा छ ।

jackson ribon