birat ribon

ओलीसँग स्पष्टीकरण माग

Neuro
ओलीसँग स्पष्टीकरण माग

विराटनगर । नेकपाको प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने तयारी थालेको छ ।

cura insider

सो समूहले सोमबार प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोधिएको पत्र बालुवाटार पुर्याएको छ । पत्रमा ओलीले पार्टी निर्णयको उलंघन गर्दै पार्टी विरोधी गतिविधि गरेको आरोप लगाइएको छ भने स्पष्टीकरणका लागि ३ दिनको मौका दिइएको छ ।

प्रचण्ड नेपाल समूहले माघ २ गतेको स्थायी समिति बैठकको निर्णयअनुसार ओलीलाई स्पष्टीकरण सोधिएको बताइएको छ । ओलीलाई सोधिएको स्पष्टीकरणमा ‘पार्टीको सिद्धान्त, विचार, नीति, विधि, हित विपरित र पार्टी विरोधी गतिविधि गरिरहनु भएकाले तपाईलाई पार्टीको साधारण सदस्यबाट समेत निष्काशन किन नगर्ने’ भन्ने स्पष्टीकरण सोधिएको छ ।

उनलाई विधानको धारा ५६ (ख) को उपधारा १० बमोजिम स्पष्टीकरण सोधिएको तथा बालुवाटारमा पत्र टाँस गरिएको मितिले ३ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ । पत्रपत्रिकामा समाचार छ

jackson ribon