birat ribon

भारतमा कम हुँदै सङ्क्रमण

Neuro
भारतमा कम हुँदै सङ्क्रमण

विराटनगर । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण कम हुँदै गइरहेको छ । एकै दिन ५० हजार बढी सङ्क्रमित फेला पर्ने भारतमा अहिले आएर त्यो सङ्ख्या कम हुँदै गइरहेको छ ।

दैनिक ज्यान गुमाउनेको सङ्ख्या पनि घटेर गएको छ । विश्वमा कोरोनाले महामारीको रुप लिइरहँदा सङ्क्रमणबाट भारत अत्याधिक प्रभावित बनेको थियो । तर पछिल्लो समय दैनिक भेटिने सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको हो । नेपालमा भारतबाटै कोरोना सङ्क्रमण भित्रिएको आशंका छ ।

cura insider

एकै दिन भारतमा नौ हजार नौ सय ७५ जनामा मात्रै सङ्क्रमण पुष्टि भएको छ । यसअघिसम्म दैनिक भेटिने सङ्क्रमितको तुलनामा यो सङ्ख्या निक्कै कम हो । भारतमा हालसम्म एक करोड पाँच लाख ८२ हजार छ सय ४७ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा एक सय ३७ जनाले ज्यान गुमाए । भारतमा एकै दिन एक हजारभन्दा बढी सङ्क्रमितको ज्यान जाने गरेको थियो । हालसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख ५२ हजार पाँच सय ९३ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड दुई लाख २७ हजार आठ सय ५२ जना उपचारपछि निको भएका छन् । दुई लाख दुई हजार दुई सय दुई जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत विश्वमा कोरोनाका कारण प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको मुलुक हो ।

विश्वमै कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा भने सङ्क्रमण कम हुन सकिरहेको छैन । पछिल्लो २४ घण्टामा एक लाख २५ हजार तीन सय ५८ जना नयाँ बिरामी थपिए । हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड ४६ लाख नौ हजार सात सय १२ पुगेको छ ।

एकै दिन एक हजार दुई सय ७२ जनाले ज्यान गुमाए । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या चार लाख आठ हजार चार सय ७० पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ४५ लाख छ हजार नौ सय ८८ जना उपचारपछि निको भएका छन् । ९६ लाख ९४ हजार दुई सय ५४ जना उपचाररत रहेकोमा २८ हजार छ सय ४२ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा एकै दिन २३ हजार छ सय ७१ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या ८५ लाख ११ हजार सात सय ७० पुगेको छ । २४ घण्टाभित्र चार सय ३१ जनाले ज्यान गुमाए । हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या दुई लाख १० हजार दुई सय ९९ पुगेको छ ।

सङ्क्रमितमध्ये ७४ लाख ११ हजार छ सय ५४ जना उपचारपछि निको भएका छन् । आठ लाख ८९ हजार आठ सय १७ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमा तेस्रो नम्बरमा रहेको मुलुक हो ।

विश्वमा एकै दिन चार लाख ४५ हजार तीन सय ४६ जना नयाँ सङ्क्रमित थपिए । जम्मा सङ्क्रमित सङ्ख्या नौ करोड ५९ लाख ६४ हजार सात सय ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार सात सय १९ जनाको ज्यान गएसँगै जम्मा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २० लाख ४८ हजार एक सय ५० पुगेको छ ।

सङ्क्रमितमध्ये छ करोड ८५ लाख १५ हजार सात सय ७० जना उपचारपछि निको भएका छन् । दुई करोड ५४ लाख आठ सय ३५ जना उपचाररत रहेकोमा एक लाख ११ हजार नौ सय ३२ जनाको अवस्था गम्भीर छ ।

jackson ribon