birat ribon

अनिद्रा समस्याबाट छुट्कारा पाउने केही उपायहरू

Neuro
अनिद्रा समस्याबाट छुट्कारा पाउने केही उपायहरू

विराटनगर । निद्रा नपुगेको कारण दिनभर ताजगी अनुभव गर्न सकिँदैन । रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुने, रोगसँग लड्ने क्षमता वृद्धि हुने, शरीर स्वास्थ हुने, मानसिक तनाव कम हुने हुन्छ ।

Padelux insider
cura insider

निद्रा पुर्‍याउनका लागि एक मानिसले कम्तिमा पनि ७ देखि ९ घण्टा राम्ररी सुत्नुपर्ने हुन्छ । तर, अनिद्रा (इनसोम्निया) सबैभन्दा प्रचलित निद्राको समस्यामध्ये एक हो । निद्रा लागे पनि निदाउन समस्या हुने, निदाए पनि प्रायः ब्युँझने वा निद्रामा बाधा पुगिरहेको हुन्छ ।

अनिद्राका कारण थकान र अल्छी अनुभव हुन्छ, जसकारण दैनिक गरिने शारीरिक कार्यमा असर पर्छ । निद्रा नपुगेको खण्डमा दिनभरि हाई आउने, दिक्क लाग्ने, रिस उठ्ने, शरीरको तौल बढ्ने, तनाव हुने, छालामा समस्या आउने, पेटसम्बन्धी समस्या हुनेहुन्छ ।

अनिद्राबाट पीडित व्यक्तिले आफ्नो दिनचर्यामा केही परिवर्तन ल्याएमा तथा केही खास व्यवहारिक उपायले अनिन्द्रा समस्याबाट छुट्कारा पाउन सकिन्छ । अनिन्द्राबाट पीडित व्यक्तिले नियमित व्यायाम गर्ने बानी बनाउनुपर्छ । जसकारण शरीर थाक्छ राम्रो निन्द्रा प्रदान गर्न मद्दत गर्छ । तर, सुत्नुअघि भने व्यायाम गर्ने गर्नुहुँदैन ।

आफू सुत्ने कोठालाई शान्त र अँध्यारो राख्नुपर्छ । साथै, निन्द्रा लागेको समयमा मात्र ओछ्यानमा जानुपर्ने हुन्छ । सुत्ने कोठा वा खाटलाई सुत्नको लागि मात्र प्रयोग गर्नुपर्छ । एकै समयमा सुत्ने र उठ्ने बानी बनाउनुपर्छ । हरेक बिहान एक निश्चित समयमा उठ्दा त रातमा निश्चित समयमा सुत्दा अनिन्द्राको समस्या विस्तारै हराउँदै जान्छ ।

दिनको समयमा निदाउँदा राति निन्द्रा नपर्ने हुँदा दिनको समयमा सुत्नु हुँदैन । राति ढिलोसम्म पार्टीमा जाने, ढिलो खाना खाने बानीले पनि निन्द्रामा समस्या पुर्‍याउँछ । सुत्नु एक घण्टाअघि मोबाइल, ल्यापटपलगायतका उपकरणको प्रयोग गर्नुहुँदैन । साथै, सुत्ने समयमा किताब पढ्नाले छिटै निन्द्रा लाग्ने हुनसक्छ । सुत्ने बेलामा सकरात्मक सोच्नुपर्छ । यसले दिमागलाई शान्ति दिन्छ र छिट्टै सुत्न प्रेरित गर्छ ।

jackson ribon