birat ribon

स्वास्थ्यको लागि लाभदायक सिधे नुन

Neuro
स्वास्थ्यको लागि लाभदायक सिधे नुन

विराटनगर । स्वस्थ रहनको लागि कम नुन खान सुझाव दिइन्छ । धेरै नुन खाँदा उच्च रक्तचापलगायतका विभिन्न रोग लाग्नसक्ने हुन्छ । तर, धेरैजसो व्रत बस्नेक्रममा प्रयोग हुने सिधे नुन आफैँमा फाइदाजनक पनि मानिन्छ ।

Padelux insider
cura insider

सिधे नुनको सामान्य नुनजस्तै सेतो हुन्छ । आयोडिनयुक्त नुन जस्तै सिधे नुनलाई पनि खानामा प्रयोग गरेर सेवन गर्न सकिन्छ । आफ्नो स्वादअनुसार खानामा यसको प्रयोग गर्न सकिन्छ । करिब ६५ प्रकारको खनिज सिधे नुनमा पाइन्छ, जुन धेरै रोगहरूबाट बचाउन सहयोग पुर्‍याउँछ ।

यो प्रशोधन नगरिएको हुँदा यसमा रहेको पोषक तत्व जस्ताको तस्तै प्राप्त हुन्छ । यसमा रहेको म्याग्नेशियम, क्याल्सियम, आइरन र जिङ्कले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । यस नुनमा सोडियमको मात्रा कम हुने र पोटासियमको मात्रा बढी हुन्छ ।

जसकारण यो नुन सेवन गर्दा उच्च रक्तचाप पनि नियन्त्रित हुन्छ । सही मात्रामा प्रयोग गर्दा सिधे नुन पाचन र तौल घटाउनका लागि पनि धेरै लाभदायक हुन्छ । यसले पाचन रस बनाउने हुनाले कब्जियतबाट राहत पाउन पनि मद्दत पुर्‍याउँछ ।

यसले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुर्‍याउँछ, जसले हृदयघातको सम्भावना पनि कम गर्छ । तनाव बढी हुँदा पनि सिधे नुन खानु लाभदायक हुन्छ । यसको सेवनले शरीरमा सेरोटोनिन र मेलाटोनिन हर्मोनको स्तर कायम गर्छ, जसले तनावसँग लड्न मद्दत गर्छ ।

मांसपेशी दुखाई वा हड्डीहरूसम्बन्धी कुनै समस्या भएमा सिधे नुनको सेवन गरेर यस्ता समस्यालाई बिस्तारै हटाउन सकिन्छ । मृगौलामा पत्थरीको समस्या भएकाले सिधे नुन राखेर कागती पानी पिउँनाले, केही दिनमै ढुङ्गा पग्लिन थाल्छ ।

सिधे नुनको सेवन साइनसको दुखाइ कम गर्न पनि फाइदाजनक हुन्छ । शरीरमा चिनीको मात्रा नियन्त्रण गर्ने हुँदा यो मधुमेहका साथ साथे दम र आर्थराइटिस जस्ता रोगीका लागि पनि सिधे नुनको सेवन धेरै फाइदाजनक हुन्छ । सिधे नुन अनिन्द्राको समस्या भएकामा प्रभावकारी हुन्छ । र, सिधे नुन छाला र दन्त रोगहरूमा पनि प्रयोग गरिन्छ ।

jackson ribon