birat ribon

प्रदेश १ मा दस वर्षको अवधिमा चट्याङबाट दुई सय ८७ जनाको मृत्यु

Neuro
प्रदेश १ मा दस वर्षको अवधिमा चट्याङबाट दुई सय ८७ जनाको मृत्यु

मोहन ढकाल
विराटनगर । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विराटनगरमा अन्तर्क्रिया कार्यक्रम गरेको छ । प्राधिकरणले वन डढेलो तथा आगलागीको जोखिम पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी सरोकारवाला निकायसँग अन्तर्क्रिया गरेको हो ।

Padelux insider
cura insider

नेपाल विश्वमा बाढी पहिरोको जोखिममा ३०औँ स्थानमा रहेको छ । यस्तै जलवायु प्रदूषणमा चाथौ र भूकम्पको जोखिममा ११औँ स्थानमा रहेको छ । यस्ता विपतका घटनाबाट नेपालमा बर्सेनि घनजनको क्षति हुनेगरेको र प्रदेश १ पनि जोखिममा रहेको कार्यक्रम संयोजक जनार्दन गौतमले बताए ।

प्रदेश १ मा पछिल्लो दश वर्षको अवधिमा आगलागीका मात्रै तीन हजार आठ सय ७७ ओटा घटना घटेका छन् । जसमध्ये एक सय १८ जनाको मृत्यु भएको छ भने तीन सय १३ जना बेपत्ता भएका छन् ।

यसैगरी चट्याङबाट दुई सय ८७ जनाको मृत्यु भएको कार्यक्रम संयोजक जनार्दन गौतमले बताए । पछिल्लो दस वर्षमा पहिरोबाट एक सय ४५ जनाको मृत्यु भएको छ । पहिरोका कारण ३४ जना बेपत्ता भएका छन् भने ९४ जना घाइते भएका छन् ।

उक्त अवधिमा बाढीबाट एक सय ४२ जनाको मृत्यु भएको छ । यस्तै बाढीबाट ८४ जना बेपत्ता भएका छन् भने ८५ जना घाइते भएका छन् । यस्तै भारी वर्षाका कारण दुई जनाको मृत्यु भएको छ । हावाहुरीका कारण पछिल्लो दस वर्षमा ११ जनाको मृत्यु भएको छ । यसैगरी जनावर आतङ्कका कारण १६ जनाको मृत्यु भएको छ ।

पछिल्लो दस वर्षको अवधिमा मोरङमा मात्रै आठ सय ६८ ओटा आगलागिका घटना घटेका छन् । जसबाट २१ जनाको मृत्यु भएको छ । यस्तै सुनसरीमा छ सय ४० ओटा आगलागीका घटना घटेका छन् । जसबाट २३ जनाको मृत्यु भएको कार्यक्रम संयोजक गौतमले बताए ।

कार्यक्रममा बोल्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बसाईँसराइका कारण जङ्गल बढेकाले वन्यजन्तुको आक्रमण बढेको बताए । यस्ता घटनामध्ये सडक दुर्घटनाबाट हुने क्षति अझ बढी रहेको कार्कीले बताए । विपत् जोखिम न्यूनीकरणका लागि खासै पूर्वतयारी हुन नसकेको बताउँदै कार्कीले भने, ‘चेतनास्तर वृद्धि गर्दै जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा सबै जुट्नुपर्छ ।’

प्रदेशमा विपत पुनर्स्थापना केन्द्र बनाउने उद्देश्यले कार्य भइरहेको कार्कीले बताए । उनले भने अर्को वर्ष डिपिआर तयार पार्ने लक्ष्य लिएर काम अगाडि बढेको छ । हरेक व्यक्तिलाई सचेत गराउन सकेमा विपद् जोखिम न्यूनीकरणमा सघाउ पुग्ने साथै घटनामा समेत कमी आउने कार्कीले बताए ।

कार्यक्रममा वन तथा भू–संरक्षण मन्त्रालयका उप–सचिव सुन्दर शर्माले डढेलो तथा आगलागीको स्वरुप, उद्धार तथा राहत, प्राविधिक पक्ष, चुनौती र समस्यालगायतका बारेमा जानकारी दिए । कार्यक्रमा प्रदेश १ का विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, डिभिजन वन कार्यालयका प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख यस्तै राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।-=

jackson ribon