काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ । यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका सो बैठक स्थगित भएको हो ।
अब, माघ १३ गते अपराह्न १ बजे बैठक तोकिएको काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशन सम्बन्धमा छलफल हुने बताइएको छ ।