birat ribon

जुम्लामा लोडसेडिङको विषयमा प्राधिकरणले भन्यो : वास्तविकता त्यस्तो होइन

Neuro
जुम्लामा लोडसेडिङको विषयमा प्राधिकरणले भन्यो : वास्तविकता त्यस्तो होइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्तिको सन्तुलन मिलाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

Padelux insider
cura insider

उपभोक्ताले दैनिक रूपमा विद्युत् प्रयोग गर्न पाउने गरी नयाँ व्यवस्था गरिएको प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

पछिल्ला दिनमा प्राधिकरणले जुम्लामा विद्युतभार कटौती गरेको भन्दै आएको सूचनाका सम्बन्धमा कामु कार्यकारी निर्देशक शाक्यले भने, ‘प्राधिकरणले जुम्लामा लोडसेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो हैन, एक दिन बिराएर विद्युत् आपूर्ति हुँदै आएकामा अब दैनिक रूपमा विद्युत् आपूर्ति हुने व्यवस्था गरिएको हो, यसबाट स्थानीय खुशी भएको जानकारी पाएका छौँ ।’

jackson ribon