काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य बढाएकाे छ । निगमले साेमबार प्रतिलिटर दुई रुपैयाँका दरले इन्धनको मूल्य बढेकाे जनाएकाे छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्ययका अनुसार नयाँ मूल्य आज राति १२ बजेबाट लागू हुनेछ ।
नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९३ रुपैयाँ पुगेको छ । ग्यासमा भने साविककै मूल्य कायम गरिएको निगमले जानकारी दिएको छ ।