birat ribon

महिला लिग खेल्ने विराटनगरको टोलीको बिदाइ

Neuro
महिला लिग खेल्ने विराटनगरको टोलीको बिदाइ

विराटनगर । काठमाडौंमा आयोजना हुन लागेको ‘राष्ट्रिय महिला लिग’ फुटबल प्रतियोगिताका लागि विराटनगरको टोलीलाई बिदाइ गरिएको छ । गत वर्षको विजेता टोली विराटनगर महानगरपालिकाका खेलाडीलाई सोमबार महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिदाइ गरेका हुन् ।

Padelux insider
cura insider

खेलाडीलाई बिदाइ गर्दै प्रमुख पराजुलीले महानगरपालिकाले दक्ष र व्यवसायी खेलाडी बनाउन विशेष योजना बनाएको बताए । गत वर्षको जस्तै खेलाडीले मेहनत गरे यस पटक पनि जित निकाल्नसक्ने बताउँदै उनले भने, ‘तपाईंहरूले मैदानमा जुन परिश्रम र लगाव गरिरहनुभएको त्यसले पक्कै पनि सफलता दिलाउनेमा हामी विश्वस्त छौं ।’

‘यस पटक पनि लिग विजेता भए महानगरपालिकाले खेलाडी नगदसहित विशेष सम्मान गर्ने योजना बनाएका छ,’ प्रमुख पराजुलीले भने, ‘खेल र खेलाडीको विकासका लागि महानगर सधैं तत्पर रहेको छ ।’

प्रतियोगितामा भाग लिन विराटनगर महानगरका तर्फबाट २५ खेलाडी रहेका छन् । चार जना भारतीय खेलाडीसहित मैदान उत्रन लागेको हो । टोलीकी कप्तान कल्पना कार्कीले भनिन्, ‘जित हासिल गर्न हामी तयार छौं । यस पटक पनि हामी जित्ने कुरामा विश्वस्त छौं ।’

माघ ७ गतेदेखि सुरु हुने प्रतियोगितामा तीन विभागीय टोलीसहित सात वटा टिमको सहभागिता रहेको छ । नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, त्रिभुवन क्लब, विराटनगर महानगरपालिका, उदयपुरको चौदण्डीगढी नगरपालिका, स्याङजाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाको सहभागिता रहेको छ ।

jackson ribon