सोलुखुम्बु । गृहमन्त्री रामबहादुर थापाले संसद् विघटनलाई अग्रगामी कदम भएको बताएका छन् । सोमबार सोलुखुम्बुको सल्लेरीमा आयोजित नेकपाको अगुवा कार्यकर्ता भेलामा उनले संविधानमा भएको व्यवस्थाअनुसार नै सरकारले संसद् विघटन गरेर अग्रगामी कदम चालिएको बताए ।
नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका गृहमन्त्री थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै दलभित्रबाट अविश्वासको प्रस्ताव दर्ता गर्नेदेखि अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्नेलगायत चलखेल बढेपछि संसद् विघटन गर्नुपरेको बताए ।
अध्यक्ष शर्मा ओलीले नेतृत्व गरेको नेकपा आधिकारिक पार्टी भएकाले चुनाव चिन्ह पनि आफूहरूले नै प्राप्त गर्ने विश्वास उनले व्यक्त गरे । रासस