birat ribon

प्रदेशसभामा थपिए १० मर्यादापालक, सांसद् बस्ने कुर्सी उचाल्न नमिल्ने

Neuro
प्रदेशसभामा थपिए १० मर्यादापालक, सांसद् बस्ने कुर्सी उचाल्न नमिल्ने

विराटनगर । प्रदेश १ को प्रदेशसभामा दस जना मर्यादापालक थपिएका छन् । प्रदेशसभाको सातौं अधिवेशन सञ्चालनअघि दस जना मर्यादापालक थपिएका हुन् ।

Padelux insider
cura insider

प्रदेश १ प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार मर्यादा कायम गर्नका लागि दस जना जनशक्ती थपिएका हुन् । यसअघि ४७ जना मर्यादापालक प्रदेशसभामा कार्यरत थिए । अब ५७ जना खटिनेका छन् ।

प्रदेशसभाको सातौं अधिवेशन बुधबारबाट सुरु हुँदैछ । अधिवेशनअघि प्रदेशसभा बैठक कक्षका कुर्सीलाई ‘वेल्डिङ’ गरिएको छ । कोरोना महामारीका कारण छैटौं अधिवेशन दुई हलमा सञ्चालन भएको थियो ।

सातौं अधिवेशन एउटै हलमा सञ्चालन गर्नेगरी कुर्सी वेल्डिङ गरिएको सचिव पराजुलीले जानकारी दिए ।

jackson ribon