birat ribon

ओली इमान्दार नहुँदा पार्टीमा समस्या : दाहाल

Neuro
ओली इमान्दार नहुँदा पार्टीमा समस्या : दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीरकरणका बेला गरिएका सहमतिमा केपी ओली इमान्दार नभएका कारण पार्टीमा समस्या आएको बताएका छन् ।

Padelux insider
cura insider

काठमाडौँमा आयोजित आफू पक्षधर अखिल नेपाल महिला सङ्घको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दाखेरी तय गरिएको विचार र विधि पद्धतिको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले इमान्दारिता नदेखाएका कारण अहिलेको परिस्थितिको सिर्जना भएको बताएका हुन् ।

उनले पार्टीभित्र व्यक्तिगत र पदको लागि संघर्ष नभएको भन्दै विचार, विधि तथा पद्धतिको सङ्घर्ष भएको बताए । राजनीतिक प्रतिवेदन तथा पार्टीको विधानअनुरुप चले–नचलेको हेरेर को सही र को गलत छुट्याउन उनले कार्यकर्ताहरूलाई अनुरोध गरे ।

jackson ribon