birat ribon

विमानस्थलमै पक्राउ परेका नाभाल्नीलाई रिहा गर्न जर्मनी, अमेरिका र इयुको माग

Neuro
विमानस्थलमै पक्राउ परेका नाभाल्नीलाई रिहा गर्न जर्मनी, अमेरिका र इयुको माग

विराटनगर । जर्मनीका विदेशमन्त्री हैको माआजले रुसले विपक्षी नेता अलेक्सी नाभाल्नी तत्काल रिहा गर्न आग्रह गरेका छन् । जर्मनीमा उपचारपछि स्वदेश फर्किएका नाभाल्नीलाई रिहा गर्न माआजले सोमबार आग्रह गरेका हुन् ।

Padelux insider
cura insider

उपचारपछि रुस फर्किएका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ गरिएको थियो । क्रेमलिनका आलोचक ४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए ।

उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भीड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो ।

उनी पक्राउ परेको विषयमा पश्चिमा देशहरूले रुसको आलोचना गरेका छन् । अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडेनको टोलीले नाभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले नाभाल्नीलाई पक्राउ गरिएकोमा ट्वीटरमार्फत टिप्पणी गरेका छन् । नाभाल्नीको रिहाको युरोपियन युनियन (इयु) द्वारा पनि माग भएको छ ।

गत अगष्टमा रुसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात बिरामी परेका नाभाल्नीलाई आकस्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो ।

jackson ribon