birat ribon

मुख्यमन्त्रीको विवाहको राजनीतिक अर्थ !

Neuro
मुख्यमन्त्रीको विवाहको राजनीतिक अर्थ !

विराटनगर । केटा राईको छोरा, केटी शेर्पाकी छोरी । केटा ५० वर्ष केटी २३ वर्ष । केटा राजनीतिक सेलिब्रिटी, केटी ग्ल्यामर सेलिब्रिटी ।

Padelux insider
cura insider

यस्तै केही मेल केही बेमेल सन्दर्भसहित माघ ११ गते काठमाडौँमा हुने तय भएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडल ज्याङ्मु शेर्पाबीचको अन्तरजातीय विवाह यति बेला चिया पसलदेखि सामाजिक सन्जालसम्म चर्चित बनेको छ ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राई एक महिनायता त्यसै पनि राजनीतिक वृत्तमा चर्चामा थिए । अझ राजनीतिक सङ्कट गहिरिएका बेला उनीे विवाहसम्बन्धी निर्णयले थप चर्चित बनेका छन् । तथापि सामाजिक सन्जालमा मुख्यमन्त्री राईको प्रशंसा कम, आलोचना बढी भइरहेको छ । आलोचनाको मुख्य कारण उनले विवाह गर्न लागेकी युवतीसँगको उमेर अन्तर हो । प्रेम विवाह गर्न लागेका राई र शेर्पाबीचको उमेर अन्तर करिब २७ वर्ष छ ।

केही वर्षअघिसम्म नेपालमा अनमेल विवाह प्रतिबन्धित थियो । मुलुकी देवानी संहिताअनुसार विवाहको उमेर तोकिए पनि उमेर अन्तरमा कुनै बार लगाइएको छैन । उमेर अन्तरमा बार नलागेका कारण उनका समर्थकले आलोचनाको अर्थ नहुने तर्क गर्छन् । तर सामाजिक परम्परा फरक छ । समाजले २७ वर्षको उमेर अन्तरलाई सहजै स्वीकार गर्न सक्दैन ।

नेपाली समाजमा विवाहमा पुरुषभन्दा महिलाको उमेर कम राख्ने परम्परा छ । तर २७ वर्षको उमेर अन्तरलाई समाजले सहजै स्वीकार गरेको छैन । जसको प्रतिबिम्ब सामाजिक सञ्जालमा झल्किरहेको छ ।

समाजशास्त्री चन्द्र उपाध्याय विवाह नितान्त व्यक्तिगत विषय भए पनि सामाजिक परम्परामा धेरै उमेर अन्तरलाई राम्रो नमानिने बताउँछन् । ‘विवाहका उद्देश्यमध्ये एउटा सहयात्रा हो,’ उनी भन्छन्, ‘उमेर अन्तर धेरै भए लामो सहयात्रामा कठिनाइ आउनसक्छ, अवरोधहरू आउन सक्छन् ।’
मुख्यमन्त्री शेरधन राई सेलिब्रिटी भएका कारण उनको विवाहका विषयमा सार्वजनिक चासो रहनु स्वाभाविक रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री राई राजनीतिक सेलिब्रिटी हुन् भने मिस मङ्गोल विजेता ज्याङ्मु ग्ल्यामर सेलिब्रिटी हुन् । मुलुकसहित प्रदेश १ मा बढ्दो राजनीतिक तरलताबीच निर्णय गरिएको यो विवाहलाई कतिपयले राजनीतिक दाउपेचका रूपमा पनि हेरेका छन् ।

प्रदेशसभामा अलमल


यति बेला मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रस्तावमाथि छलफलका लागि माघ ७ गते प्रदेश १ को हिउँदे अधिवेशन बोलाइएको छ । अधिवेशनको चार दिनपछि राईले काठमाडौँमा विवाहको मिति तोकेका छन् ।

उनले यही बेला विवाहको निर्णय गर्नुलाई कतै संसद् छल्ने हतियार बनाउन खोजिएको हो कि भन्ने आँकलन सत्तारुढ दल नेकपा प्रचण्ड–माधव पक्षका नेताहरूको छ । विवाहपछि उनले विराटनगरमा नै प्रीतिभोज दिने बताएका छन् । विवाहको तयारी तथा भोज–भतेरको प्रभाव प्रदेश संसद्को बैठकमा पर्न सक्छ ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा सत्तारुढ नेकपाका ६७ जना सांसद छन् । नेकपा विभाजनले औपचारिकता नपाए पनि ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राई अल्पमतमा छन् । उनको नेतृत्व निरन्तरताका लागि नेपाली काङ्ग्रेसको सहयोग आवश्यक पर्छ ।

संसद् सुरु हुँदा विवाहका कारण अधिवेशन लम्बिने र सो अवधिमा राईले आफ्नो पक्षमा वातावरण बनाउन प्रयास गर्ने प्रचण्ड–माधव समूहका एक नेताले बताए । ‘उहाँको विवाह व्यक्तिगत विषय हो । तर सङ्कट परेको अवस्थामा मिति तोकिनुले केही अर्थ राख्छ,’ प्रचण्ड–माधव पक्षका एक नेताले भने, ‘सहानुभूति बटुल्नका लागि हतार गरेको पनि हुनसक्छ ।’

शक्तिमा हुँदा विवाह गर्ने धोको


प्रदेशसभाको हिउँदे अधिवेशन सञ्चालन भएकै दिन अविश्वासको प्रस्तावमाथि छलफल हुनेछैन । नेपालको संसदीय परम्परामा पहिलो दिनको बैठक औपचारिकतामा सीमित रहन्छ । त्यसपछि विवाहको तयारीका लागि मुख्यमन्त्री राई व्यस्त रहँदा प्रदेशसभा बैठक लम्बिन्छ ।

अविवाहित मुख्यमन्त्रीको विवाहका विषयमा सार्वजनिक चासो रहँदै आएको थियो । मिडियाले बेलाबेला उनलाई विवाहको प्रश्न सोध्ने गर्थे । विवाहका विषयमा चासो व्यक्त हुन थालेपछि २०७५ चैत २५ गते मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको टुङ्गो लगाएर मात्र बिहे गर्ने बताएका थिए ।

राजधानीको टुङगो लागिसकेको छ तर नाम नतोकी अविश्वासको प्रस्ताव दर्ता भएपछि उनी विवाह गर्ने निर्णयमा पुगेका हुन् । पदमै रहेका बेला विवाह गर्ने र सामाजिक–राजनीतिक प्रतिष्ठा प्रदर्शन गर्ने उनको धोको हुनसक्ने आलोचकहरू बताउँछन् ।

तनाव व्यवस्थापनको माध्यम

एक्लो अवस्थामा रहेको व्यक्ति विवाह बन्धनमा बाँधिएपछि तनाव व्यवस्थापन गर्न सजिलो हुनसक्छ । मुख्यमन्त्री राई राजनीतिक घटना–क्रमले उत्पन्न तनाव कम गर्न पनि यही सङ्कटको समयमा विवाह गर्ने निष्कर्षमा पुगेका हुनसक्छन् ।

अल्पमतमा परेका मुख्यमन्त्री राईले सहानुभूति बटुल्नका लागि पनि विवाहको निर्णय गरेको हुनसक्ने उनी निकटहरू बताउँछन् । यो विवाहले नेकपाभित्रको समीकरणलाई पनि प्रभाव पार्न सक्ने आँकलन गरिएको छ । पार्टी विभाजनले वैधानिकता नपाउँदा सांसद तानातानको अवस्था छ । विवाहको निर्णयपछि सहानुभूतिसँगै सत्ता जोगाउन अर्काे पक्षका सांसदले सहयोग गर्न सक्ने आस पनि उनलाई हुनसक्छ ।

प्रेममा सब जायज छ तर …

‘प्रेम र युद्धमा सबथोक जायज हुन्छ,’ भन्ने भनाइ प्रचलित छ । व्यक्तिगत रूपमा हेर्दा यसलाई जायज मान्न सकिएला तर सार्वजनिक पदधारण गरेका व्यक्तिबाट भएको यो अनमेल विवाहको निर्णयले समाजलाई नकारात्मक प्रभाव पार्नसक्छ ।

‘मुख्यमन्त्रीज्यू प्रदेशको सेलिब्रिटी हुनुहुन्छ । नेपालमा सेलिब्रिटीलाई फलो गर्ने परम्परा पनि छ,’ समाजशास्त्री उपाध्याय भन्छन्, ‘विवाहमा उमेर अन्तर हेरिएन भने भोलि विवाहको उद्देश्य प्रभावित हुन पनि सक्छ ।’

मुख्यमन्त्री राईको मात्र विवाहमा यस्तो उमेर अन्तर भने होइन । पूर्व–अर्थमन्त्री ज्ञानेन्द्र कार्कीको विवाहमा पनि उमेरको अन्तर निकै छ । २०६७ असारमा ६२ वर्षीय कार्कीले ३६ वर्षीया युवतीसँग तेस्रो र अनमेल विवाह गरेका थिए ।

jackson ribon