birat ribon

प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : तीन सांसद्ले फिर्ता लिए हस्ताक्षर

Neuro
प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : तीन सांसद्ले फिर्ता लिए हस्ताक्षर

विराटनगर । प्रदेश नं १ का तीन सांसद्ले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएका छन् । सोमबार प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपाल बुढाथोकी, श्रीप्रसाद मैनालीले अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन् ।

Padelux insider
cura insider

१२ पुसमा प्रदेश सरकार मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । आज सामूहिक निवेदन दिँदै झापाका तीन सांसद्ले नेकपाको सरकारविरुद्ध नेकपाकै सांसद्हरूले अविश्वासको प्रस्ताव दर्ता गर्नु उपयुक्त नभएको भन्दै अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन् ।

यससँगै अविश्वासको प्रस्ताव लिने सांसद्को सङ्ख्या पाँच पुगेकाे छ । यसअघि उदयपुरकी सांसद् कला घले र मोरङकी सांसद् वसन्तीदेवी यादवले अविश्वासको प्रस्ताव फिर्ता गरेकी थिइन् ।

No description available.

jackson ribon