birat ribon

दुई गोल गर्दा पनि उपाधि जित्नबाट बञ्चित भएपछि रिसाए ग्रिजम्यान

Neuro
दुई गोल गर्दा पनि उपाधि जित्नबाट बञ्चित भएपछि रिसाए ग्रिजम्यान

विराटनगर । बार्सिलोनाका स्ट्राइकर एन्टोइन ग्रिजम्यान स्पेनिस सुपर कपको फाइनल खेल जित्नबाट बञ्चित भएपछि निराश एवं क्रुर छन् । गए राति भएको एथ्लेटिक बिल्बाओसँगको खेलमा दुई गोल गर्दा पनि जित्न नसक्दा फ्रेन्च स्टार ग्रिजम्यान रिसाएका हुन् ।

Padelux insider
cura insider

बार्सिलोना गए राति एथ्लेटिकसँग ३–२ गोलले पराजित हुँदै सर्वाधिक धेरै १४ पटक सुपर कपको उपाधि जित्नबाट बञ्चित भएको थियो । सेभिल्लास्थित स्टेडियो डि ला कार्टुजामा एथ्लेटिकलाई जिताउन ओस्कार डी मार्कोस, एसियर भिलालिब्रे र इनाकी विलिययम्सले समान एक–एक गोल गरे ।

बार्सिलोनाका ग्रिजम्यानले दुई गोल गरे । ग्रिजम्यानले गोल गरेपछि बार्सिलोनाले सुरुआती अग्रता बनाएको थियो । ग्रिजम्यानले ४०औं मिनेटमा र ७७औं मिनेटमा गोल गरेका थिए ।

दुई गोल गर्दा पनि जित्नबाट बञ्चित भएका ग्रिजम्यानले हारबाट थोरै निराश, क्रुर र चकित भएको बताएका छन् । ‘हारबाट हामी चकित छौं, थोरै रिसाएका पनि छौं र केही निराश पनि छौं । जब, तपाईंले फाइनल खेल हार्नुहुन्छ, यी सबै खराब महसुस हुनु स्वभाविकै हो, ’ उनले खेलपछि बोल्दै भने ।

‘एथ्लेटिकले हामीलाई सजिलैसँग दवावमा राख्यो । उनीहरूले अन्तिम समयसम्म सबैथोक दिएका थिए । यसैले हामीमाथि उनीहरूले जित दर्ता गरे । हामीले हाम्रो रणनीतिमा केही गल्तीहरू गरेका थियौं,’ उनले थपे ।

यसैगरी उनले आफूहरूले रक्षात्मक खेल्न नसकेको स्वीकारेका छन् ।

jackson ribon