birat ribon

मधुमेह भएकाले कर्न फ्लेक्सको सेवन गर्नु नराम्रो विकल्प हुनसक्ने

Neuro
मधुमेह भएकाले कर्न फ्लेक्सको सेवन गर्नु नराम्रो विकल्प हुनसक्ने

विराटनगर/मधुमेह भएका बिरामीले समय समयमा खानुपर्ने हुँदा के खाने नखाने कुरामा ध्यान दिन आवश्यक हुन्छ ।

Padelux insider
cura insider

धेरैजसो मानिसले तौल घटाउन तथा कम फ्याटयुक्त खानाको रुपमा कर्न फ्लेक्स खान रुचाउँछन् । प्याकेटमा पाइने, सजिलै पानी वा दुधमा नट्स तथा फलफूलका साथ खाइने कर्न फ्लेक्सको सेवनले तौल घटाउने मान्यता छ । तौल बढ्नु मधुमेहलगायत धेरै रोगको कारण हुन सक्छ । तर, दुध र कर्न फ्लेक्सलाई बिहानको स्वास्थ खाद्यान्नको रूपमा प्रयोग गर्नु राम्रो विकल्प नहुन सक्छ ।

कर्न फ्लेक्स अधिक चिनीको साथ प्रशोधन गरिएको खाद्य उच्च ग्लाइसेमिक खानाअन्तर्गत पर्छ, जसले मधुमेहको सम्भावनालाई बढाउँछ । कर्न फ्लेक्समा मकै, चिनी, माल्ट स्वाद र उच्च फ्रुक्टोजको सिरपलगायत अन्य प्रमुख तत्त्व हुन्, र तीमध्ये अधिकांशमा ग्लाइसेमिक इन्डेक्सको मात्रा उच्च हुन्छ । कर्न फ्लेक्समा ग्लाइसेमिक सूचकाङ्क ८२ छ, जुन धेरै हो ।

कर्न फ्लेक्समा कार्बोहाइड्रेटको उच्च ग्लाइसेमिक सूचकाङ्कले रगत ग्लुकोजको स्तरलाई उच्च बनाउने गर्छ । यसले टाइप २ मधुमेहको उच्च जोखिममा योगदान पुर्‍याउँछ । साथै, १ कप कर्न फ्लेक्समा केवल १.७ ग्राम प्रोटिन हुन्छ । कम प्रोटिन सामग्रीको सेवनले लामो अवधिका लागि पेट भरेको महसुस गराउँदैन जसकारण बारम्बार भोक लाग्ने हुन सक्छ ।

कर्न फ्लेक्समा फ्याटको मात्रा कम हुन सक्छ, तर यसमा भइको चिनीले फ्याट भण्डारणलाई बढावा दिने काम गर्छ । त्यसकारण, कर्न फ्लेक्स मधुमेहपीडितका लागि मात्र नभएर अन्य मानिसका लागिसमेत स्वस्थ हुदैनन् । कर्न फ्लेक्सले रगतमा चिनीको मात्रा, मुटुको समस्या र मोटापना जस्ता धेरै स्वास्थ्य समस्या बढाउन सक्छन् ।

मधुमेह बिरामीले प्याकेटमा पाइने कर्न फ्लेक्सको साटो मकैको पिठो, गहुँको चिउरा वा ओट्स जस्ता स्वस्थ विकल्पहरूको सेवन गर्न सक्छन् ।

jackson ribon