birat ribon

कोभिडले मुटुमा प्रभाव पार्दा देखिन्छन् यी सामान्य सङ्केत, ध्यान दिन जरुरी

Neuro
कोभिडले मुटुमा प्रभाव पार्दा देखिन्छन् यी सामान्य सङ्केत, ध्यान दिन जरुरी

विराटनगर/श्वासप्रश्वासको रोग मानिने कोभिडको सङ्क्रमणले फोक्सोलाई मात्र नभएर शरीरमा विभिन्न तरिकाले प्रभाव पार्न सक्छ ।

Padelux insider
cura insider

जामाको अध्ययनअनुसार, करिब ७८ प्रतिशत स्वस्थ तरिकाले कोभिडबाट निको भएका युवामा समेत मुटुको जटिलता र क्षतिबाट पीडित छन् । मुटुसम्बन्धी समस्या भएकामा कोभिडका कारण ज्यान जाने जोखिम पनि धेरै हुन्छ । चीनको रोग नियन्त्रण तथा रोगथाम केन्द्र (सीडीसी)ले गरेको एक अध्ययनले कोभिडबाट मर्ने २२ प्रतिशत बिरामीमा हृदयसम्बन्धी समस्या भएको देखाएको थियो ।

एसिम्प्टोमेटिक भए पनि सङ्क्रमण भएको पहिलो दिनमा नै भाइरसले मुटुमा थाहा नदिई प्रभाव पार्ने ठोस प्रमाण छन् । त्यसैले, सङ्क्रमणको समयमा वा निको भइसकेपछि पनि समस्याको प्रारम्भिक सङ्केत पत्ता लगाउन र मुटुको हेरचाह गर्न दुवै महत्वपूर्ण हुन्छ । कोभिड हुँदा मुटुमा प्रभाव पारे देखिने केही सामान्य सङ्केत यस्ता छन् :

फोक्सोको कार्यमा बाधा पुग्दा, सास फेर्न गाह्रो हुने र मुटुमा क्षति भएमा छातीको दुखाइ लक्षणको रुपमा देखापर्ने हुन्छ । भाइरस गुणा हुँदै शरीरभरि फैलने क्रममा यसले महत्त्वपूर्ण अङ्गमा हानी पुर्‍याउँछ । यसले स्वस्थ अक्सिजनयुक्त रगतलाई मुटुबाट वञ्चित गरी मुटुको मांसपेशीहरू बिगार्न सक्छ र छातीमा दुखाइ वा एनजाइना निम्त्याउन सक्छ । छाती दुखाइ हृदयघातको पहिलो लक्षणमध्ये पनि एक हो ।

त्यस्तै, मायोकार्डिटिस वा मुटुको मांसपेशी सुन्निने कोभिडसँग सम्बन्धित एक हृदय जटिलता हो । मुटुमा भाइरसको प्रत्यक्ष इन्फेस्टेसन वा साइटोकाइन स्ट्रोमको कारण शरीरलाई गलत तरिकाले स्वस्थ कोशिकाहरूमा आक्रमण गराउन सक्छ । यसले मुटुको मांसपेशीहरू कमजोर बनाई रगत प्रवाहलाई अवरुद्ध गर्छ । मुटुले रगत प्रवाहलाई नियमित गर्न ओभरटाइम काम गर्छ, यसले मुटुलाई थकित बनाउन सक्छ र मानिसलाई समेत थकित महसुस गराउन सक्छ ।

जसकारण छिटो, अनियमित मुटुको धड्कन अनुभव गर्न सकिन्छ । यो हृदय समस्याको सबैभन्दा चाँडो देखिने सङ्केत पनि हो । फोक्सो वा मुटुमा अत्यधिक दबाबले पनि हृदयमा समस्या निम्त्याउन सक्छ । भाइरसले शरीरमा अक्सिजनको मात्रा घटाउने, रगतको प्रवाहलाई रोक्ने, भ्रम, ओठ वा अनुहारको रङ निलो हुनु, बोल्न कठिनाइ हुनु, अत्यधिक पसिना आउनु पनि हृदय समस्याको सङ्केत हुन सक्छ ।

विशेषगरी दीर्घ कोभिडको समस्या भएका बिरामीमा टाचिकार्डिया सिन्ड्रोम जस्तो स्थिति उत्पन्न हुन सक्छ, जसले स्नायु प्रणालीलाई बिगार गर्छ । यसले मुटुको दरमा असन्तुलन, रक्तचापको स्तर असामान्य रूपमा बढ्ने, रिँगटा लाग्ने, कम रक्तसञ्चार, मुटुको चाल तेज हुने, टाउको झुम्म हुने, प्रतिरोधात्मक क्षमता कमजोर हुने जस्ता लक्षण देखिउँछ जुन हृदयमा समस्या हुन सक्ने प्रारम्भिक सङ्केत हुन् ।

jackson ribon