birat ribon

आज तीन सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि

Neuro
आज तीन सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि

विराटनगर । सोमबार देशभर थप तीन सय २२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप तीन सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

Padelux insider
cura insider

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६७ हजार छ सय ४४ पुगेको छ ।

नेपालमा आज थप तीन सय ७४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६१ हजार आठ सय १८ पुगेको छ ।

हाल तीन हजार आठ सय ६१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप छ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय ६५ पुगेको छ ।

jackson ribon