birat ribon

‘मणिकर्णिका : द क्विन अफ झाँसी’ को सिक्वेल बनाउँदै कङ्गना

Neuro
‘मणिकर्णिका : द क्विन अफ झाँसी’ को सिक्वेल बनाउँदै कङ्गना

विराटनगर/सन् २०१९ को हिट फिल्म ‘मणिकर्णिका : द क्विन अफ झाँसी’ को सिक्वेल निर्माण हुने भएको छ ।

Padelux insider
cura insider

अभिनेत्री कङ्गना रनावतले आफू निर्देशित तथा अभिनित फिल्म ‘मणिकर्णिका ः द क्विन अफ झाँसी’ को सिक्वेल बनाउने भएकी हुन् । फिल्मको सिक्वेलको नाम ‘मणिकर्णिका रिटर्न्स ः द लिजेन्ड अफ दिद्दा’ राखिएको छ ।

फिल्म सत्यकथामा आधारित हुनेछ । मिडिया रिपोर्टका अनुसार फिल्मको सिक्वेलमा दिद्दा र मेहमुद गजनवीको युद्दलाई देखाइने छ । दिद्दा कश्मीरकी रानी थिइन्, जसले महमुद गजनवीको युद्धमा दुई पटक हराएकी थिइन् । उनको एक खुट्टा पोलियोग्रस्त थियो तर उनी महान योद्धा थिइन् ।

यस सन्दर्भमा कङ्गनाले ट्विटरमा लेखेकी छन्, ‘हाम्रो भारतमा झाँसीकी रानीजस्ता कयौँ वीरङ्गनाहरुको कहानी छ । यस्तै एक नसुनेको वीरगाथा हो कश्मीरकी एक रानीको, जसले महमुद गजनवीलाई दुई पटक हराइन् । कमल जैन र म मिलेर ‘मणिकर्णिका रिटर्न्स : द लिजेन्ड अफ दिद्दा’ लिएर आउँदैछौं ।’

फिल्म ‘मणिकर्णिका रिटर्न्स’को छायांकन सन २०२२ बाट सुरु गरिने बताइएको छ ।

jackson ribon