birat ribon

पिएम कप : वागमतीको लगातार दोस्रो जित, सुदूरपश्चिम पहिलो खेलमै पराजित

Neuro
पिएम कप : वागमतीको लगातार दोस्रो जित, सुदूरपश्चिम पहिलो खेलमै पराजित

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा वागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ । सोमबार वागमतीले सुदूरपश्चिम प्रदेशमाथि एक सय ८० रनको जित निकालेको हो ।

Padelux insider
cura insider

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा वागमतीले दिएको तीन सय रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा अलआउट हुँदै एक सय १९ रनमा सीमित बन्न पुगेको थियो ।

सुदूरपश्चिमका नारायण जोशीले अविजित रहँदै सर्वाधिक ४४ रन बनाउँदा अर्जुन साउदले ३१ रन बनाए । किरण ठगुन्नाले २४ रन जोडे ।

Image

वलिङतर्फ वागमतीका रामनरेश गिरीले चार विकेट हात पारे भने नन्दन यादवले २ तथा दीपेश श्रेष्ठ, विपिन आचार्य र तिलक भण्डारीले समान १–१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको वागमतीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ९९ रन बनाएको थियो ।

वागमतीका लागि पृथु बाँस्कोटा र आदिल खानले अर्धशतकीय इनिङ्स खेले । पृथुले ८४ रन बनाउँदा आदिल ६३ रन बनाए ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले समान ३२ रन जोड्दा पारस खड्काले २० रन बनाए ।

सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए भने भोजराज भट्ट र सन्तोष भट्टले समान २–२ विकेट लिए ।

यस जितसँगै समूह ‘बि’को शीर्ष स्थानमा रहेको वागमतीले दुई खेलमा चार अङ्क जोडेको छ । यसअघि उसले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई सात विकेटले हराएको थियो ।

सुदूरपश्चिमले भने पहिलो खेलमा नै हार ब्यहोरेको छ ।

jackson ribon