birat ribon

बेलायतमा एकै दिन झन्डै तीन लाखले पाए कोरोनाको खोप

Neuro
बेलायतमा एकै दिन झन्डै तीन लाखले पाए कोरोनाको खोप

विराटनगर । पछिल्लो समय तीव्र रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको बेलायतमा कोरोनाविरुद्धको खोप वितरण दु्रत गतिमा अघि बढाइएको छ ।

Padelux insider
cura insider

एकै दिनमा दुई लाख ९८ हजार ८७ जनालाई पहिलो डोज खोप उपलब्ध गराइएको छ । विरुद्धको भ्याक्सिन तीव्र रुपमा सर्वसाधारणलाई दिन थालिएको नेशनल हेल्थ सर्भिस (एनएचएस) प्रमुखले बीबीसीलाई बताएका छन् ।

केही समयभित्र साताका सबै दिन २४ घण्टानै खोपको वितरण थालिने उनले बताए । ८० वर्षमाथिका ५० प्रतिशतले खोप पाइसकेको स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले जानकारी दिए । सार्वजनिक तथ्याँक अनुसार हालसम्म ४३ लाख सात हजारभन्दा बढी खोप वितरण गरिसकिएको छ । जसमध्ये ३८ लाख ५७ हजार दुई सय ६६ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख ४९ हजार सात सय ३६ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् ।

एक मिनेटमा एक ४० जनालाई कोरोना विरुद्धको खोप दिइएको सर साइमन स्टिभेन्सले बताए । सोमबारबाट खोप वितरणका लागि १० भन्दा बढी केन्द्रहरु सञ्चालनमा आउने भएका छन् । इंग्ल्याण्डमा यसैहप्ताबाट शारीरिक रुपमा जोखिममा परेका ७० वर्षमाथिका मानिसलाई पनि खोप दिइने भएको छ ।

७० वर्षमाथिको कोरोना विरुद्धको खोपको प्रथामिकतामा धेरै नेपालीहरु पर्दछन् । हजारौंको संख्यामा बेलायतमा बस्दै आएका पूर्व गोर्खाहरु पनि उक्त प्रथामिकतामा पर्दछन् । ७० वर्षमाथिका कति गोर्खालीहरु छन भन्ने यकिन तथ्याँक नभएपनि १५ हजार भन्दा बढी नै रहेको भूतपूर्व गोर्खा सत्याग्रह संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले बताए ।

बेलायतमा कोरोना संक्रमण, मृत्युदर र अस्पताल भर्ना हुनेको संख्याको आधारमा पछिल्लो दुई हप्तामा महामारी भएयताकै नयाँ रेकर्ड कायम भएको छ । सन् २०२१ को सुरुवातसँगै बेलायतमा एकैदिनमा मृत्यु हुनेको संख्या पन्ध्र सय नाघ्यो भने दैनिक झन्डै ७० हजारको हाराहारीमा संक्रमितहरु थपिए ।

बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८९ हजार दुई सय ६१ पुगेको छ । बेलायतमा कोरोना सङ्क्रमितको संख्या ३३ लाख ९५ हजार नौ सय ५९ पुगेको छ ।

jackson ribon