birat ribon

शानदार जित निकाल्दै सिटी दोस्रो स्थानमा

Neuro
शानदार जित निकाल्दै सिटी दोस्रो स्थानमा

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसमाथि ४–० गोलान्तरको जित दर्ता गरेको हो ।

Padelux insider
cura insider

घरेलु मैदानमा सिटीलाई जिताउन जोन स्टोन्सले दुई गोल गर्दा इल्के गुन्डोगान र रहीम स्टर्लिङले समान एक–एक गोल गरे । खेलको २६औं मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई पहिलो हाफभरि १–० गोलको अग्रता दिलाए ।

५६औं मिनेटमा गुन्डोगानले गोल गरेपछि सिटीले आफ्नो अग्रता दोब्बर बनायो । ६८औं मिनेटमा स्टोन्सले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० गोलको अग्रता दिलाउँदा स्टर्लिङले ८८औं मिनेटमा गोल गर्दै सिटीलाई ४–० गोलान्तरको जित दिलाए ।

जितसँगै सिटीले १७ खेलमा ३५ अङ्क जोडेको छ । १९ खेल खेलेको क्रिस्टल २३ अङ्कका साथ १३औं स्थानमा छ ।

jackson ribon