birat ribon

बार्सिलोनालाई हराउँदै एथ्लेटिकले जित्यो सुपर कपको उपाधि, मेस्सीलाई रातो कार्ड

Neuro
बार्सिलोनालाई हराउँदै एथ्लेटिकले जित्यो सुपर कपको उपाधि, मेस्सीलाई रातो कार्ड

विराटनगर । स्पेनिस सुपर कपको उपाधि एथ्लेटिक क्लबले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा बार्सिलोनालाई ३–२ गोलले हराउँदै एथ्लेटिकले उपाधि जितेको हो ।

Padelux insider
cura insider

सेभिल्लास्थित स्टेडियो डि ला कार्टुजामा एथ्लेटिकलाई जिताउन ओस्कार डी मार्कोस, एसियर भिलालिब्रे र इनाकी विलिययम्सले समान एक–एक गोल गरे । बार्सिलोनाका एन्टोइन ग्रिजम्यानले दुई गोल गरे ।

Image

खेलमा बार्सिलोनाले सुरुआती अग्रता बनाएको थियो । ४०औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर, ४२औं मिनेटमा मार्कोसले गोल गर्दै एथ्लेटिकलाई बराबरीमा फर्काए ।

७७औं मिनेटमा ग्रिजम्यानले दोस्रो गोल गर्दै बार्सिलोनालाई फेरि अगाडि बढाए । तर, ९०औं मिनेटमा भिलालिब्रेले गोल गरेपछि एथ्लेटिक पुनः बराबरीमा फर्कियो ।

निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ९३औं मिनेटमा विलियम्सले गोल गर्दै एथ्लेटिकलाई अग्रता दिलाए ।

Image

खेलको अन्त्यतिर बार्सिलोना दस खेलाडीमा सीमित बन्यो । बार्सिलोनाका कप्तान मेस्सीले एथ्लेटिकका भिलालिब्रालाई फाउल गरेका कारण भिएआरको सहायतामा रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए ।

र, अन्तिमसम्म थप गोल हुन नसकेपछि एथ्लेटिकले बार्सिलोनालाई ३–२ गोलले हराउँदै तेस्रो पटक सुपर कपको उपाधि चुम्यो ।

Image

यस्तै एथ्लेटिक बिल्बाओले सिजनको पहिलो उपाधि जित्यो । यसअघि बार्सिलोनाले रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३–२ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो । बिल्बाओ भने साविक विजेता रियल मड्रिडलाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेको थियो ।

jackson ribon