birat ribon

इन्टरले युभेन्टसलाई सहजै हरायो

Neuro
इन्टरले युभेन्टसलाई सहजै हरायो

विराटनगर । इटालियन सिरी ‘ए’मा विजेता युभेन्टस र इन्टर मिलानसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा इन्टरले युभेन्टसलाई २–० गोलको जित निकालेको हो ।

Padelux insider
cura insider

इन्टरको मैदानमा घरेलु टोलीलाई जिताउन अर्टुरो भिडाल र निकोलो बरेल्लाले समान एक–एक गोल गरे । भिडालले १२औं मिनेटमा गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।

Image

त्यसअघि ११औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि अफसाइड भएका कारण सो गोल मान्य भएको थिएन ।

खेलको ५२औं मिनेटमा बरेल्लाले गोल गरेपछि इन्टरले युभेन्टसमाथि २–० गोलको जित निकालेको हो ।

जितसँगै इन्टरले शीर्ष स्थानको एसी मिलानसँग अङ्क बराबरी गरेको छ । १८ खेल खेलेको इन्टरसँग ४० अङ्क छ । १७ खेल खेलेको मिलान समान अङ्क भएपनि गोलान्तरको आधारमा शीर्ष स्थानमा छ ।

युभेन्टस भने ३३ अङ्कसहित पाँचौ स्थानमा छ । उसले १७ खेल खेलेको छ ।

Image

jackson ribon