birat ribon

अमेरिकापछि बेलायतमा सङ्क्रमण धेरै

Neuro
अमेरिकापछि बेलायतमा सङ्क्रमण धेरै

विराटनगर । आफूलाई विश्वकै शक्तिसाली भनेर दाबी गर्ने अमेरिका कोरोना भाइरस सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित मुलुक हो ।

Padelux insider
cura insider

अमेरिकामा दैनिक भेटिने नयाँ बिरामी र ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या अन्य मुलुककोभन्दा धेरै छ । अमेरिकापछि दैनिक भेटिने सङ्क्रमित र ज्यान गुमाउनेको संख्या बेलायतमा धेरै छ । बेलायत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पाँचौं नम्बरमा रहेको मुलुक हो ।

यही हिसाबले सङ्क्रमित बढ्दै जाने हो भने ब्राजिल विश्वमा प्रभावित हुने अरु मुलुकभन्दा अगाडि आउने सम्भावना धेरै छ । अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ५३ हजार ६० जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या हालसम्म दुई करोड ४४ लाख ६० हजार पाँच सय ५० पुगेको छ ।

एकै दिन एक हजार छ सय ८६ जनाले ज्यान गुमाएसँगै अमेरिकामा हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या चार लाख सात हजार ४२ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ४४ लाख १८ हजार नौ सय ६५ जना उपचारपछि निको भएका छन् । ९६ लाख ३४ हजार पाँच सय ४३ जनाको उपचार जारी रहेकोमा २८ हजार आठ सय ४० जनाको अवस्था चिन्ताजनक छ ।

पछिल्लो समय अमेरिकापछि तीव्र रुपमा कोरोना फैलिइरहेको बेलायतमा एकै दिन ३८ हजार पाँच सय ९८ जना नयाँ बिरामी भेटिए । हालसम्म सङ्क्रमित सङ्ख्या ३३ लाख ९५ हजार नौ सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा छ सय ७१ जनाले ज्यान गुमाएसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ८९ हजार दुई सय ६१ पुगेको छ ।

सङ्क्रमितमध्ये १५ लाख ३४ हजार सात सय ३६ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै घर फर्किएका छन् । १७ लाख ७१ हजार नौ सय ६२ जनाको उपचार भइरहेकोमा तीन हजार सात सय ८९ जनाको अवस्था गम्भीर छ । बेलायतमा सङ्क्रमण पुष्टि भएपछि निको हुने सङ्क्रमितको सङ्ख्या पनि कम छ । आधाभन्दा बढी सङ्क्रमित उपचारकै क्रममा रहेका हुन् ।

छिमेकी मुलुक भारतमा एकै दिन १३ हजार नौ सय ६२ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड पाँच लाख ७२ हजार छ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ४५ जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख ५२ हजार चार सय ५६ पुगेको छ ।

एक करोड दुई लाख १० हजार छ सय ९७ जना उपचारपछि निको भएका छन् । दुई लाख नौ हजार पाँच सय १९ जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन ३१ हजार तीन सय ९४ जना नयाँ बिरामी थपिएपछि हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या ८४ लाख ८८ हजार ९९ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र चार सय ९७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुने सङ्क्रमित सङ्ख्या दुई लाख नौ हजार आठ सय ४७ पुगेको छ ।

७४ लाख ११ हजार छ सय ५४ जना उपचारपछि कोरोनमुक्त बनेका छन् । आठ लाख ६६ हजार पाँच सय ९८ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये तेस्रो नम्बरमा रहेको मुलुक हो ।

रसियामा २३ हजार पाँच सय ८६ नयाँ बिरामी थपिएपछि सङ्क्रमितको सङ्ख्या ३५ लाख ६८ हजार दुई सय नौ पुगेको छ । वाल्डो मिटरकाअनुसार २४ घण्टाभित्र चार सय ८१ जनाले ज्यान गुमाएपछि हालसम्म ६५ हजार पाँच सय ६६ जनाको मृत्यु भइसकेको छ ।

२९ लाख ६० हजार चार सय ३१ सङ्क्रमित उपचारपछि निको भएका छन् । पाँच लाख ४२ हजार दुई सय १२ जना उपचाररत रहेकोमा दुई हजार तीन सय जनाको अवस्था चिन्ताजनक छ । रसिया कोरोनाका कारण प्रभावित हुनेमध्ये चौथो नम्बरमा रहेको मुलुक हो ।

विश्वमा पछिल्लो २४ घण्टामा पाँच लाख दुई सय ९४ जना नयाँ बिरामी थपिएका छन् । हालसम्म सङ्क्रमित सङ्ख्या नौ करोड ५४ लाख ३३ हजार आठ सय ३१ पुगेको छ । एकै दिन आठ हजार छ सय ७२ जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या २० लाख ३८ हजार छ सय दुई पुगेको छ ।

विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये छ करोड ८१ लाख ३७ हजार छ सय ७४ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै घर फर्किएका छन् । दुई करोड ५२ लाख ५७ हजार पाँच सय ५५ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये एक लाख १३ हजार तीन सय २५ जनाको अवस्था गम्भीर छ ।

jackson ribon