birat ribon

बायर्नको साँघुरो जित

Neuro
बायर्नको साँघुरो जित

विराटनगर । जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिखले साँघुरो जित आत्मसाथ गरेको छ । आइतबार राति भएको खेलमा बायर्नले एससी फ्रेइबर्गमाथि २–१ गोलको साँघुरो जित निकालेको हो ।

Padelux insider
cura insider

बायर्नको मैदानमा घरेलु टोलीले रोबर्ट लेवान्डोस्कीको गोलमा सुरुआती अग्रता बनाएको थियो । उनले सातौं मिनेटमा गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए ।

६२औं मिनेटमा निल्स पिटरसनले गोल गर्दै फ्रेइबर्गलाई बराबरीमा फर्काए । तर, ७४औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई २–१ गोलले जिताए ।

जितसँगै शीर्ष स्थानको बायर्नले १६ खेलमा ३६ अङ्क जोडेको छ । फ्रेइबर्ग भने २३ अङ्कसहित आठौं स्थानमा छ ।

jackson ribon