विराटनगर । टोटनह्याम हटस्पर इङ्ग्लिस प्रिमियर लिगको शीर्ष चारमा उक्लिएको छ । आइतबार राति भएको खेलमा शेफिल्ड युनाइटेडमाथि ३–१ गोलको जित निकाल्दै टोटनह्याम चौथो स्थानमा उक्लिएको हो ।
शेफिल्डको मैदानमा टोटनह्यामले सुरुआती अग्रता बनाएको थियो । पाँचौं मिनेटमा सर्जी औरियरले गोल गर्दै पाहुना टोलीलाई सुरुआती अग्रता दिलाए ।
४०औ मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दैै पहिलो हाफभरि टोटनह्यालाई २–० गोलले अग्रता दिलाए । ५९औं मिनेटमा शेफिल्डका डेभिड एमसीगोल्ड्रिकले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।
तर, ६२औं मिनेटमा टाङ्गुयी डोम्बेलेले गोल गर्दै टोटनह्यामलाई ३–१ गोलको जित दिलाए ।
जितसँगै टोटनह्यामले १८ खेलमा ३३ अङ्क बनाएको छ । शेफिल्ड भने पाँच अङ्कका साथ पुछारमा छ ।