birat ribon

उपचारपछि जर्मनीबाट स्वदेश फर्किए रुसी विपक्षी नेता नाभाल्नी

Neuro
उपचारपछि जर्मनीबाट स्वदेश फर्किए रुसी विपक्षी नेता नाभाल्नी

विराटनगर । रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी जर्मनीमा उपचार गरी स्वदेश फिर्ता भएका छन् । जर्मनीको राजधानी बर्लिनबाट नियमित उडानमार्फत् उनी रुसी राजधानी मस्को फिर्ता भएका हुन् ।

Padelux insider
cura insider

गत अगष्टमा रुसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात बिरामी परेका नाभाल्नीलाई आकस्मिक अवतरण गराइ स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो ।

फ्रान्सेली र स्वेडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको पनि जर्मनीले बताएको थियो ।

उनलाई जर्मनीको अनुरोधमा आन्तरिक विमानमार्फत् उपचारका लागि बर्लिन लगिएको थियो । जर्मनीमा डाक्टरहरुले नाभाल्नीलाई विष दिइएको कुराको पुष्टि गरेका थिए ।

jackson ribon