birat ribon

देशलाई निरंकुशताको ठाउँमा पुर्‍याउने डरलाग्दो षडयन्त्र भइरहेको छ : प्रचण्ड

Neuro
देशलाई निरंकुशताको ठाउँमा पुर्‍याउने डरलाग्दो षडयन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पुर्‍याउने डरलाग्दो षडयन्त्र भइरहेको बताएका छन् ।

Padelux insider
cura insider

आइतबार प्रचण्ड–माधव पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । यस्तो षडयन्त्रको विरुद्ध आक्रमक आन्दोलन गर्नुपर्ने उनको भनाइ छ ।

सर्वोच्च अदालत र निर्वाचन आयोगमा सेटिङ भएको भन्ने आफूहरूले आशंका नगरेको भएपनि प्रधानमन्त्री ओलीको सेटिङमा भने शंका भएको उनले बताए ।

jackson ribon