विराटनगर । इटालियन सिरी ‘ए’मा नापोलीले फियोरेन्टिनामाथि फराकिलो जित निकालेको छ । आइतबार साँझ भएको खेलमा नापोलीले फियोरेन्टनालाई ६–० गोलान्तरले पराजित गरेको हो ।
नापोलीको मैदानमा घरेलु टोलीलाई जिताउन लोरेन्जो इसिग्नेले दुई गोल गर्दा डिएगो डिमे, हिर्भिङ लोजानो, पायट्रो जिलिन्स्की र माटेओ पोलिटियानोले समान एक– एक गोल गरे ।
नापोलीले पहिलो हाफमा चार गोल गरेको थियो भने दुई गोल दोस्रो हाफमा गरेको थियो ।
जितसँगै नापोली तेस्रो स्थानमा उक्लिएको छ । उसले १७ खेलमा ३४ अङ्क जोडेको छ । पराजित फियोरेन्टिना भने १८ अङ्कका साथ १४औं स्थानमा छ ।