विराटनगर । विराटनगर जुनियर जेसिज वर्ष २०२१ को अध्यक्षमा जीना शर्मा निर्वाचित भएकी छन् । गए राति सम्पन्न निर्वाचनले शर्मालाई २५औं अध्यक्षमा निर्वाचित गरेको हो ।
जुनियर जेसिजको तालिम निर्देशकमा विकल्प न्यौपाने, महासचिवमा रितेश मैनाली, कोषाध्यक्षमा गौरव कर्ण, उपाध्यक्ष दिपसन राई, हेनरिका ढकाल, अमन मण्डल, सहसचिवमा प्रतीक्षा न्यौपाने निर्वाचित भए ।
कार्यक्रममा विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा.सन्देशदास श्रेष्ठ, विराटनगर जेसिजका तालिम संयोजक अभिनाश थापा, कार्यकारिणी उपाध्यक्ष पङ्कज सापकोटा, उपाध्यक्ष सुभाष भण्डारी, जुनियर जेसीज संयोजक मिलाप कर्ण, जुनियर जेसिज पूर्वअध्यक्ष रमित श्रेष्ठ, सनराइज चौधरीलगायतको उपस्थिति रहेको थियो ।