birat ribon

यी तीन पेय पदार्थले कब्जियतको समस्या निम्त्याउँछ

Neuro
यी तीन पेय पदार्थले कब्जियतको समस्या निम्त्याउँछ

विराटनगर । कब्जियत प्रायः खाराब डाइट र नराम्रो जीवनशैलीको परिणाम हो । केही खाना खाइसकेपछि केहीलाई कब्जियत हुन सक्छ भने केही मानिसहरू पुरानै कब्जियतबाट ग्रस्त हुन्छन् ।

Padelux insider
cura insider

सामान्यतया, सबैको पेट र पाचन प्रक्रिया फरक हुन्छ । तर, दीर्घकालीन कब्जियतको समस्या भएका मानिस प्रतिहप्ता प्रायः तीनभन्दा कम पटक शौचालय जाने हुन्छन् । र, शौच गर्न गाह्रो भएमा असुविधा र जलन पनि हुन सक्छ ।

पाचन प्रक्रियालाई कम गर्ने तथा कब्जियत बढाउने खाना र पेय पदार्थको सेवन गर्दा स्थिति थप बिग्रन सक्छ । यी तीन पेय पदार्थको सेवनले कब्जियत निम्त्याउने तथा कब्जियत भएकामा थप समस्या पैदा गर्ने हुन्छ ।

रक्सीः अत्यधिक रक्सीको सेवनले धेरै स्वास्थ्य समस्या निम्त्याउन सक्छ र तीमध्ये कब्जियत पनि एक हो । रक्सीको सेवनले शरीरमा पानीको कमी गराएर डिहाइड्रेसन निम्त्याउँछ । शरीरको फोहरलाई नरम बनाएर सजिलै निष्काष्न गर्न पानी चाहिन्छ । साथै, धेरै रक्सी भएको पेय पदार्थले शरीरको आन्तरिक कार्यलाई असर गर्न सक्छ ।

यसले पाचन प्रक्रियाको गतिलाई ढिला बनाउन सक्छ, जसकारण आन्द्राको चालमा कठिनाई उत्पन्न हुन्छ । रक्सीले खराब प्रकारका ब्याक्टेरियाको अत्यधिक वृद्धि गराउन सक्छ जसले पेट फुल्ने र कब्जियतको लक्षण निम्त्याउन सक्छ । यसले पेटको सतहमा नकारात्मक असर गर्न सक्छ जुन पेटसँग सम्बन्धित अन्य समस्याको कारण हुनसक्छ ।

दूधः केही अवस्थामा दूध पाचन समस्याको कारण बन्न सक्छ । यदि पाचनसम्बन्धी समस्याबाट पहिले नै पीडित भएकाले दूधको सेवनले अवस्थालाई झनै नराम्रो बनाउन सक्छ । गाईको दूधमा हुने केसिन नामक प्रोटिन प्रतिसंवेदनशीलताका कारण विशेषगरी शिशु, बच्चा र केटाकेटी जोखिममा छन् । ल्याक्टोज सम्बन्धीत समस्या (ल्याक्टोज इनटोलेरेन्ट) भएमा यसले पेटमा पाइने ब्याक्टेरियालाई गडबड गर्न सक्छ ।

ल्याक्टोज इनटोलेरेन्ट भएका मानिसले दूध वा दूधजन्य पदार्थ खाएपछि झाडापखाला वा उल्टीको समस्या सुरु हुन्छ । तर यी लक्षणहरूले डिहाइड्रेसन पनि निम्त्याउन सक्छ जुन कब्जको प्रमुख कारण हो ।

कफीः केही व्यक्तिको लागि, कफी पेट फुल्ने समस्या वा कब्जको कारण हुन सक्छ । कफीमा अवस्थित क्याफिनले पाचन प्रणालीको मांशपेशीहरूलाई सङ्कुचन गर्न उत्प्रेरित गर्न सक्छ, जसले फोहर निष्काष्न गर्न सजिलो बनाउँछ । तर, कफीको सेवन पछि एक मानिसलाई धेरै पिसाब लाग्न सक्छ, जसकारण शरीरमा तरल पदार्थको कमी हुन्छ र कब्जको सम्भावना बढाउँछ ।

पहिले नै पेटसम्बन्धी समस्याबाट पीडित भएकामा भने कफीको सेवनले अवस्थालाई अझ गम्भीर बनाउन सक्छ ।

jackson ribon