birat ribon

सुपर कप : भाल्भेर्डेको समर्थन एथ्लेटिकलाई

Neuro
सुपर कप : भाल्भेर्डेको समर्थन एथ्लेटिकलाई

विराटनगर । अर्नेस्टो भाल्भर्डेका लागि आज राति हुँदैगरेको स्पेनिस सुपर कपको फाइनल खेल केही विशेष हुँदैछ । भाल्भेर्डेका पूर्वक्लबद्वय एथ्लेटिक क्लब र बार्सिलोना उपाधिका लागि भिड्दै छन् ।

Padelux insider
cura insider

नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुने यो खेल सेभिल्लास्थित स्टेडियो डि ला काटुजामा हुनेछ । यस खेलमा बार्सिलोना र एथ्लेटिक बिल्बाओ एक–अर्कामाथि जित निकाल्ने सिजनको पहिलो उपाधि जिन्ने दाउमा हुनेछन् ।

त्यसबाहेक बार्सिलोना १४औं पटक उपाधि जित्ने दाउमा छ भने एथ्लेटिक तेस्रो पटक उपाधि जित्ने दाउमा छ ।

यसअघि बार्सिलोनाले रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३–२ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । बिल्बाओ भने साविक विजेता रियल मड्रिडलाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

सन् २०१५ मा भाल्भेर्डे नेतृत्त्वको एथ्लेटिकले बार्सिलोनालाई हराउँदै सुपर कपको उपाधि जितेको थियो । सो ट्रफी स्पेनमा भाल्भेर्डेका लागि पहिलो थियो । तर, सन् २०१७ मा बार्सिलोनाका लागि एथ्लेटिक छोडेका उनले क्याप नोउमा साढे दुई वर्ष बिताए । जसमा उनले दुई वटा ला लिगाको उपाधि, एउटा सुपर कप र एक वटा कोपा डेल रेको उपाधि जिते ।

५६ वर्षीय उनले आफूले नेतृत्त्व गरेका दुईवटै टोली उपाधिका लागि एक–आपसमा भिड्दैगर्दा भरपुर मनोरञ्जन लिनेछन् । तर, उनको समर्थन कसलाई छ त ? उनले एथ्लेटिक क्लबलाई समर्थन गर्नेछन् ।

‘म भाग्यमानी छु कि मैले बार्सिलोनालाई प्रशिक्षण गराउने मौका पाएँ । जब हामी सम्झौता गर्छौँ र सबै कुरा नतिजामा भर पर्छ । तथापि, एथ्लेटिकमा रहँदा राम्रो वातावरण थियो । यसैले यो क्लब नै मैले आफ्नो करिअरकै सबैभन्दा उत्कृृष्ट रहेको पाएँ,’ उनले भने ।

‘म एथ्लेटिकको समर्थक पनि हुँ र मैले त्यहाँ प्रशिक्षण पनि गर्न पाएँ । म त्यसैलाई आजको खेलमा समर्थन गर्छु । चाहे उसले जितोस् या हारोस्’, उनले थपे ।

jackson ribon