birat ribon

चीनमा आइसक्रिमका बट्टामा देखियो कोरोना भाइरस

Neuro
चीनमा आइसक्रिमका बट्टामा देखियो कोरोना भाइरस

विराटनगर । चीनको तियानजिन नगरपालिकामा आइसक्रिमका थुप्रै बट्टामा कोरोना भाइरस भेटिएको छ । तियानजिन दाकियाओदाओ फूड कम्पनीको आइसक्रिमका चार हजार आठ सय ३६ नमूनाहरूमा कोरोना भाइरस भएको पत्ता लागेको हो ।

Padelux insider
cura insider

कोरोना भेटिएको तियानजिन दाकियाओदाओ फूड कम्पनीले जनाएअनुसार तीमध्ये दुई हजार ८९ वटा आइसक्रिकलाई नष्ट गरिएको छ । स्वास्थ्य अधिकारीहरूले आइसक्रिम किनेका ग्राहकलाई पत्ता लगाउने प्रयास गर्दैछन् भने उनीहरूको स्वास्थ्य विवरण पेश गर्न आग्रह गरिएको छ ।

तियानजिन दाकियाओदाओ फूड कम्पनीले कम्पनीका एक हजार ६ सय कामदारलाई सेल्फ आइसोलेशनमा बस्न भनिएको छ । भने, उनीहरूको कोभिड परीक्षण पनि गरिएको छ ।

हालसम्म तीमध्ये सात सय जनाको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । अधिकारीहरूका अनुसार चिसो तापक्रमको कारण कोरोना भाइसस आइसक्रिममा बाँच्न सफल भएको हो । भाइरस सङ्क्रमित व्यक्तिमार्फत आइसक्रिममा पुगेको उनीहरूको विश्वास छ ।

jackson ribon