birat ribon

फुटबल एकेडेमीका लागि प्रहरी र एन्फाबीच समझदारीपत्रमा हस्ताक्षर

Neuro
फुटबल एकेडेमीका लागि प्रहरी र एन्फाबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल पुलिस स्कूल र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच ‘नेपाल पुलिस स्कूल फुटबल एकेडेमी’ स्थापनार्थ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

Padelux insider
cura insider

आइतबार प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच नेपाल पुलिस स्कूल साँगा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक नीरजबहादुर शाही र एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले समझदारीपत्रमा हस्ताक्षर गरे ।

Image may contain: one or more people, people sitting and hat

उक्त समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल पुलिस स्कूललाई सहकार्यका लागि एन्फाले छनोट गरेकोप्रति आभार प्रकट गर्दै समझदारीपत्रमा व्यक्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन दुवै पक्ष गम्भीरतापूर्वक लाग्ने विश्वास व्यक्त गरे ।

फुटबलको विकासमा योगदान पुर्‍याउन प्रहरीमा थप अभिभारा आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापाले यसलाई सकारात्मकरुपमा लिई आफ्नो भूमिका निर्वाह गर्ने वचनबद्धता व्यक्त गरे ।

उक्त अवसरमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाल प्रहरीको गौरवमय इतिहासमा थप नयाँ कामको थालनीमा सहभागी भई सँगसँगै जान पाउँदा खुसी व्यक्त गरे ।

एकेडेमीको स्थापनापश्चात् नेपाल प्रहरीको प्रतिनिधित्व गर्ने नेपाल पुलिस क्लबले एएफसी कप क्लब लाइसेन्सका लागि तोकिएको मापदण्डमध्ये अधिकांश मापदण्ड पूरा भई लाइसेन्स प्राप्त गर्न सहज हुनेछ ।

jackson ribon