birat ribon

‘प्रधानमन्त्रीको हैसियतमा गरेको कामको जवाफदेहिता लिन तयार छु’

Neuro
‘प्रधानमन्त्रीको हैसियतमा गरेको कामको जवाफदेहिता लिन तयार छु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरूको जवाफदेहिता लिन तयार रहेको बताएका छन् ।

Padelux insider
cura insider

आइतबार अखिल नेपाल महिला सङ्घको काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको दोस्रो बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

आफूले संविधानसम्मत् तथा कानुनसम्मत् काम गरेकोले जवाफदेहिता लिने उनको भनाइ छ । आफूले गरेको काम लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौमसत्ताको पक्षमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादामाथि हमला गर्ने तथा हुर्मत लिने काम गरेको बताए ।

निर्वाचन आयोगलाई निर्वाचन नर्गन आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयनको विपरीत लागेको उनको भनाइ छ ।

उनले पार्टी विभिन्न गुट–उपगुटमा विभक्त भएकाले एकीकरण प्रक्रिया सम्पन्न हुन नसकेको बताउँदै विगत ३ वर्षको अवधिमा पार्टीको नीति, उद्देश्य, गन्तव्य केही नभएको बताए ।

jackson ribon