विराटनगर । विराटनगरका उद्योगी मोतीलाल दुगड प्रधानमन्त्री केपी शर्मा ओलीको विषेश आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।
यसअघि दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री थिए । आइतबार उनी मन्त्री सरहको सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका हुन् ।
यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा प्रधानमन्त्रीले दुगडलाई ल्याएका हुन् ।
विराटनगरमा जन्मेका दुगड सन् १९८४ देखि उद्योगधन्दामा छन् ।
उनी तत्कालीन सदभावना पार्टी हुँदै राजनीतिमा लागेका थिए । सदभावना पार्टी फुटाएर उनी आफैंले नव नेपाल निर्माण पार्टी निर्माण गरे । दोस्रो संविधानसभा निर्वाचनमा उनको पार्टीले भोट नपाएपछि तत्कालीन एमालेमा विलय गराएका थिए ।
