birat ribon

पुरस्कार दिन खोजी पत्रकार खोज्दै इन्जा

Neuro
पुरस्कार दिन खोजी पत्रकार खोज्दै इन्जा

विराटनगर / दोस्रो सिजनका लागि नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्जा (इन्टरनेसल नेपाली जर्नालिस्ट एसोसिएसन)ले खोजी पत्रकारिता गर्ने नेपाली पत्रकारहरू खोजिरहेको छ । इन्जाले इन्भेस्टिगेटिभ जर्नालिज्म अवार्ड र कम्युनिटी जर्नालिज्म अवार्डको दोस्रो सिजनका लागि नेपाली पत्रकारहरू खोजी गरिरहेको हो ।

Padelux insider
cura insider

एक–एक लाख रुपैयाँ राशि रहेको दुवै पुरस्कारका लागि नेपाली पत्रकारहरूबाट निवेदन माग गरिएको इन्जाले जनाएको छ । अमेरिकाको भर्जिनियास्थित इन्जा मुख्यालयबाट जारी सूचनामा इच्छुक नेपाली पत्रकारले ३० जनवरीभित्र निवेदन पेस गर्न आह्वान गरेको छ ।

पत्रकारितासम्बद्ध दुवै पुरस्कारका लागि निवेदन दिन चाहने पत्रकारलाई सन् २०२० मा प्रकाशित वा प्रसारित आफ्नो समाचारको कपी वा लिङ्क निवेदनसाथ पेस गर्न इन्जाले सूचित गरेको छ ।पुरस्कारका लागि निवेदन दिने पत्रकारले आफूलाई उत्कृष्ट लागेका तीनवटा समाचार प्रतिस्पर्धामा समावेश गर्न सक्नेछन् ।

इन्जाले एक लाख रुपैयाँ राशि रहेको उत्कृष्ट साहित्यिक पुरस्कारका लागि कृति सिफारिस गर्न पाठकहरूलाई आह्वानसमेत गरेको छ । सन् २०२० प्रकाशित उत्कृष्ट नेपाली साहित्यिक कृतिका सर्जकलाई प्रदान गरिने उक्त पुरस्कारका लागि सर्जकको निवेदन होइन, पाठकको अभिमतलाई आधार बनाइएको छ । पाठकहरूले सिफारिस गरेका उत्कृष्ट १० कृतिमध्ये एउटा कृतिका सर्जकलाई सो पुरस्कार प्रदान गरिने इन्जाले जनाएको छ ।

इन्जा उपाध्यक्ष किशोर सापकोटाका अनुसार पत्रकारहरूबाट प्राप्त निवेदनलाई इन्जाद्वारा गठिन निर्णायक समितिले अध्ययन गरी १५ फेबु्रअरीमा पुरस्कार प्राप्त गर्ने पत्रकार तथा सञ्चारमाध्यमको नाम सार्वजनिक गरिनेछ । मार्च १ मा इन्जा स्थापना दिवसको अवसरमा काठमाडौंमा एक विशेष समारोह आयोजना पुरस्कारहरू हस्तान्तरण गरिनेछ ।

पत्रकारिता पुरस्कारको निवेदन र साहित्यिक कृतिको सिफारिस [email protected], [email protected] इमेलमा पठाउन सकिनेछ ।

गत वर्ष इन्जा इन्भेस्टिगेटिभ जर्नालिज्म अवार्ड हाम्रा कुरा डट कमका प्रधान सम्पादक अजयबाबू सिवाकोटी र इन्जा कम्युनिटी जर्नालिज्म अवार्ड अछामकी मेनुका ढुङ्गाना र बाजुराका प्रकाश सिंहलाई दिइएको थियो ।

jackson ribon