birat ribon

प्रधानमन्त्री कप : आर्मीको लगातार दोस्रो जित

Neuro
प्रधानमन्त्री कप : आर्मीको लगातार दोस्रो जित

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकालेको हो ।

Padelux insider
cura insider

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले मात्र १ सय १५ रन जोड्न सक्यो । ३३ दशमलव ३ ओभरमा कर्णालीले सबै विकेट गुमाउँदा प्रतियोगिता पराजयबाट सुरुआत गर्न पुगेको हो ।

जवाफी ब्याटिङ गर्ने क्रममा कर्णालीका लागि कप्तान रविन्द्र शाहिले सर्वाधिक ३० रनको पारी खेल्दा ओपनर हेमन्त ओलीले १६ तथा दिनेश अधिकारीले १२ रनको दोहोरो स्कोर गरे । यसबाहेकका ब्याट्सम्यानले दोहोर अङ्कको स्कोर गर्न सकेनन् ।

कर्णालीको इनिङ्सलाई रोक्न आर्मीका सुशान भारीले सर्वाधिक ४ विकेट लिँदा शहब अलमले तीन, रोहित पौडेलले दुई तथा हरि चौहानले एक विकेट आफ्नो नाममा लेखाए । ६ ओभर बलिङ गरेको जितेन्द्र मुखियाले दुई मेडन राख्दै १६ रन खर्चिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४३.१ ओभरमा सबै विकेट गुमाएर १ सय ९५ रन जोडेको थियो । आर्मीका लागि ओपनर अनिल कुमार मण्डले ८९ रनको पारी खेले । १ सय १४ बल सामना गरेका अनिलले १४ चौका प्रहार गरेका थिए ।

यस्तै कप्तान विनोद भण्डारीले ४१ रनको पारी खेल्दा राजेश पुलामीले १६, लोकेश बमले १३ तथा रोहित पौडेलले ११ रनको योगदान गरे । अन्य ब्याट्सम्यान १० रन भन्दा कम रनमा पवेलिय फर्किएका थिए ।

बलिङतर्फ कर्णाली प्रदशेका लागि दिनेश अधिकारी, राज शाह र दिवन पुनले समान २–२ विकेट हात पार्दा रविन्द्र शाहि, युनिस सिंह र अनुज चुनाराले एक–एक विकेट आफ्नो नाममा लेखाए ।
प्रतियोगितामा सोमबार कीर्तिपुरको मैदानमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश तथा गण्डकी प्रदेश र प्रदेश १ बीच मूलपानी मैदानमा प्रतिस्पर्धा हुनेछ ।

jackson ribon