birat ribon

थप चार सय सङ्क्रमित निको भए

Neuro
थप चार सय सङ्क्रमित निको भए

विराटनगर । नेपालमा आइतबार थप चार सय सङ्क्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप चार सय सङ्क्रमित कोरोनामुक्त भएको जानकारी दिएको हो ।

Padelux insider
cura insider

यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६१ हजार चार सय ४४ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा थप दुई सय ६६ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६७ हजार तीन सय २२ जना रहेको छ ।

हाल तीन हजार नौ सय १९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप पाँच जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार नौ सय ५९ पुगेको छ ।

jackson ribon