birat ribon

राजनीतिक आहाल सफा गर्न चलायमान जनताको खोजी

Neuro
राजनीतिक आहाल सफा गर्न चलायमान जनताको खोजी
सरोज बराल

राज्य सुसञ्चालनको मूल नीति राजनीति हो । तर हाम्रो देशमा राजनीति सुराज्य सञ्चालनका लागि नभएर हावादारी गफ छाँट्ने नीतिको रूपमा रहेको छ । अझ भन्ने हो भने नेपालमा राजनीतिको स्तर लाजनीतिमा झरेको अवस्था छ ।

Padelux insider
cura insider

हुन त हाम्रो देशमा राजनीतिक चेतनास्तर अन्य देशको तुलनामा धेरै माथि छ भनिन्छ । यहाँ हरेक जनताले राजनीतिका बारेमा बुझेका छन् भनिन्छ । तर स्पष्टतः हाम्रो देशको राजनीतिक चेतना भनेको व्यक्तिले आफूलाई काङ्ग्रेस, कम्युनिस्ट, राप्रपा, जसपा, राजावादी भनी बुझ्नु र भन्दै हिँड्नुसम्म मात्र सीमित देखिन्छ । हामी नेपाली जनतामा आएको राजनीतिक चेतना भनेको त्यो काङ्ग्रेस हो, म कम्युनिस्ट हो, त्यो राजावादी हो भन्ने भन्दा बढी फरक हुँदैन । भन्दा आफूलाई कुनै पार्टीआबद्ध र राजनीतिक चेतना भएको ठान्नेहरू अधिकतरलाई आफूले समर्थन गरेको, झन्डा बोकेको वा भोट हालेको पार्टीको मूल निर्देशक सिद्धान्त के हो ? उसले लिएको राज्य सञ्चालनसम्बन्धी नीति कस्तो हो भन्ने थाहा छैन ।

अधिकतरलाई आफूले समर्थन गरेको, झन्डा बोकेको वा भोट हालेको पार्टीको मूल निर्देशक सिद्धान्त के हो ? उसले लिएको राज्य सञ्चालनसम्बन्धी नीति कस्तो हो भन्ने थाहा छैन ।

जनतालाई त परको कुरा हो, ती राजनीतिक दलका नेताहरूलाई समेत राज्य सञ्चालनको नीति बारे राम्रो जानकारी छैन । उनीहरूको ध्येय भनेको जसरी हुन्छ चुनाव जितेर जाने, प्रधानमन्त्री, मन्त्री, विभिन्न समितिका सभापति–सदस्य बन्ने भन्ने हुन्छ । त्यति भएपछि राज्यको स्रोत र शक्ति आफ्नो पहुँचमा आउँछ । बोल्दा अरू डराउँछन् । कतै जानुपरे अगाडि–पछाडि सुरक्षा दस्ता लगाउन पाइन्छ । सडक जाम गराएर भए पनि आफ्नो सवारी चलाउन पाइन्छ । सरकारी ढुकुटीबाट केही देशको भ्रमण र आफ्नो स्वास्थ्य जाँच गराउन पाइन्छ । कुनै न कुनै तरिकाले दुई–चारवटा घडेरी जोड्न सकियो भने, एउटा महल तयार पार्न सकियो भने राम्रै हुन्छ । अलिक मौका परे सात–पुस्तालाई पुग्ने सम्पत्ति जोड्न सकिन्छ । यसरी राजनीति हाम्रो देशमा राज्य सञ्चालनको नीति हुन पाएको छैन । जनता ठग्ने पेसा भएको छ ।

आफूलाई राजनीतिकर्मी ठान्नेहरू आफ्नो पेसा नै राजनीति भन्ने गर्छन् । पेसा भनेको कुनै आर्थिक उपार्जनको काम हो । राजनीतिलाई पेसा बनाएपछि राजनीतिले कसरी राज्य सञ्चालन गर्छ ? यसले त विजेता व्यक्तिको आर्थिक उपार्जनको काम गर्छ । राजनीतिलाई पेसा भन्नेहरूले यसलाई आर्थिक उपार्जनको बाटो बनाए त के बिगारे ? पेसाको त उद्देश्य नै त्यही हो । तर राज्य सञ्चालन गर्नु पेसा होइन, यो सेवा हो । कसैबाट निःशुल्क सेवा लिनु उचित हुँदैन भनेर जितेर जाने प्रतिनिधिहरूका लागि मासिक भत्ता तोकिएको हुन्छ । त्यो भत्ता उनीहरूको पेसागत कामको लागि दिइएको हुँदैन । देश र जनताको सेवा गरेबापत दिइने हो ।

जब नेता नै राजनीतिको बारेमा सचेत छैनन् भने जनता कसरी सचेत हुन् । हाम्रा नेताहरू चुनावका बेला जनतासँग भोट माग्न घरघरै जान्छन् । अनि उनीहरू मत माग्ने क्रममा ‘यो विकास गर्छु, त्यो विकास गर्छु, यो बाटो बनाउँछु, त्यो मन्दिर बनाउँछु,’ भन्दै हिँड्छन् । तर के नेताको काम विकास गर्ने हो र ? देशमा विभिन्न काम गर्ने कर्मचारी, प्राविधिक कर्मचारीहरूको काम चाहिँ के हो ? ती कर्मचारीहरूको काम छैन भने किन तलब खुवाएर राखेको ? विधेयक पनि भनिने हाम्रा नेताहरूले हाम्रो देशमा काम गर्नलाई के–कस्तो प्रणालीे आवश्यकता पर्छ ? त्यो प्रणाली बसाउन के–कस्तो नीतिको आवश्यकता पर्छ । त्यसका लागि यस्तो नीति अवलम्बन गरिनेछ र यो नीतिअनुसार मुलुकको सञ्चालन गरिनेछ भनेर भोट मागेको कहिल्यै देखिएको, सुनिएको छैन । के त्यस्तो गर्न नमिल्ने हो ? यसतर्फ आम मतदाता वा जनताको चासो किन छैन ।

हाम्रो देशको शिक्षा नीति कस्तो हुनुपर्ने ? अहिलेको हाम्रो शिक्षाले बेरोजगार बढी उत्पादन गर्‍यो । यसलाई रोजगारमुखी कसरी बनाउने ? कृषि नीति कस्तो लिने ? स्वास्थ्य नीति कस्तो रहने ? बालबच्चा, महिला, शिक्षा, बेरोजगारसम्बन्धी, ज्येष्ठ नागरिक, सिँचाइ, जलविद्युत्, यातायात, उद्योग वाणिज्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार, उत्पादन तथा लगानी नीति, विभिन्न अपराध नियन्त्रण, बाह्य तथा आन्तरिक राष्ट्रिय सुरक्षा, पारदर्शी कर, भ्रष्टाचार नियन्त्रण आदिसँग सम्बन्धित नीतिहरू दुरुस्त तरिकाले बन्यो र लागू भयो भने मात्र मुलुक दीर्घकालीन सुव्यवस्थाको बाटोमा अघि बढ्नेछ । जब मुलुकमा नीति निर्माण हुन्छ र तिनलाई ठिक तरिकाले लागू गरिन्छ अनि मात्र मुलुक समृद्धिको बाटोमा लाग्नेछ । अपेक्षित पूर्वाधारहरूको विकास भने समयसापेक्ष तरिकाले हुँदै जाने हुन् ।

हामी अमुक नेता वा पार्टीको झोले कार्यकर्ता बनेर उनीहरूलाई बलमिच्याइँ तथा भ्रष्टाचार गर्न सजिलो बनाउँछौँ ।

खासमा बाटो, विद्युत्, सिँचाइ, सञ्चार, स्वास्थ्यक्षेत्र इत्यादि पूर्वाधारहरू भनेका विकासको एकतर्फी पाटो मात्र हो । सिद्धान्ततः भौतिक, मानसिक, सामाजिक र संजवेगात्मक गरी विकासका चार क्षेत्र छन् । भौतिक संरचनाहरू आफैँमा समग्र विकास होइनन् । भौतिक संरचना बनेपछि विकासको सुरुवात हुने हो । त्यसअघि हामी मानसिक रूपमा विकसित हुनुपर्छ । हाम्रो मस्तिष्कको विकास हुनुपर्छ । जब आम मानिसमा सकारात्मक सोच र आर्थिक वृद्धि हुन थाल्छ अर्थात् जीवनस्तर र जिउने शैलीमा सुधार आउन थाल्छ, त्यही नै विकासको मानक हुन्छ ।

हामी नेताका हावादारी गफलाई विकासको मूल फुटाउने मन्त्र ठानेर पत्याउँछौँ । भोट दिन्छौँ र जिताउँछौँ । यही नै हाम्रो कमजोरी हो । अर्काे यो मान्छे व्यक्तिगत रूपमा भोलि आफूलाई अप्ठेरो परेको बेलामा काम लाग्छ, उसले आफू वा सन्ततिलाई जागिर लगाइदिन्छ, ठेक्का–पट्टा दिलाइदिन्छ भन्दै निजी स्वार्थ तौलेर मत दिन्छौँ । हामी अमुक नेता वा पार्टीको झोले कार्यकर्ता बनेर उनीहरूलाई बलमिच्याइँ तथा भ्रष्टाचार गर्न सजिलो बनाउँछौँ ।

हामी जनता सचेत र चलायमान नहुन्जेल राजनीतिक दलहरूले हाम्रो काँधमा आफ्नो स्वार्थको हलो नारिरहन्छन् । हामी एउटा दहमा जमेको पानी बनेर बसेपछि उनीहरू सार्वमौमसत्ता सम्पन्न भनिएका जनताको डरभर हराउँछ । जबाफदेहीपन कम हुन्छ । तथापि चुनाव आएपछि हाम्रासामु अलि–अलि चारो छर्छन् । किनकि हामी त्यही दहमा, आहालमा चारो खोज्न बानी परेका छौँ भन्ने तिनले राम्ररी बुझेका छन् । जनता, नागरिक त फोहोर आहाल होइन, बग्ने नदी बन्न सक्नुपर्छ । आवश्यक परे अपेक्षित व्यवहार र विकासका बाधक बाँधहरू फोर्ने साहसी जनता भएमात्र दल तथा नेताहरूबाट सिद्धान्ततः राजनीति र राज्य सञ्चालन अपेक्षित हुनेछ । अन्यथा जति पटक चुनाव भए पनि उही लाजनीतिको निरन्तरता जारी रहनेछ । राजनीति जनसेवा होइन, आयमुखी पेसा भइरहनेछ ।

jackson ribon